वैदेशिक ठगी मुद्दामा फरार ३ जना पक्राउ
बुधबार, १९ वैशाख २०८१, १० : ४६
काठमाडौँ । ‘विदेश पठाउँछु’ भनेर ठगेपछि फरार भएका ३ जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका घर भएका ३२ वर्षीय रबिन तामाङ, काभ्रे घर भएका २३ वर्षीय सहदेव रिजाल र मकवानपुर घर भएका २० वर्षीय कविराज सुवेदी छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेर थप कारवाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचलमा पठाएको छ । रबिन तामाङले अफ्रिका पठाउँछु भनेर पीडितहरूसँग ४ लाख ९० हजार लिएपछि सम्पर्क विहीन भएका थिए ।
आरोपी रिजालले क्यानडा पठाउँछु भनेर ८ लाख रुपैयाँ ठगी गरेका हुन् । कविराज सुवेदीले दुबई पठाउँछु भनेर ८० हजार लिएपछि सम्पर्क विहीन भएको पीडितहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण