अन्डाको पहेँलो भाग खाने कि नखाने ?
काठमाडौँ । अन्डा पोषक तत्त्वको पावर हाउस हो । यसमा कयौँ प्रकारको भिटामिन, मिनरल्स हुन्छ । यसको सेवनबाट उच्च मात्रामा एन्टिअक्सिडेन्ट पनि पाइन्छ ।
अन्डामा भिटामिन बी२ (राइबोफलेभिन), भिटामिन बी१२, भिटामिन डी, सेलेनियम र आयोडिन पाइन्छ । यसमा भिटामिन ए र फोलेट, बायोटिन, पेन्टोथेनिक एसिट पनि भरपुर मात्रामा पाइने भएकोले यो उच्च पौष्टिक र स्वास्थ्यवर्द्धक खाद्य वस्तुमा पर्दछ । तर कयौँ मानिसहरू अन्डाको सेता हिस्सा मात्रै खानु पर्छ पहेँलो भाग खानु हुँदैन भन्छन् ।
दिनहुँ अन्डाको सेवन गर्दा हाम्रो शरीरले १३ प्रकारको पोषक तत्त्व पाउँछ भनेर विज्ञानले भन्छ । तर केही व्यक्तिले चाहिँ अन्डाको पहेँलो भागमा अनहेल्दी कोलस्ट्रोल धेरै हुने र यसले क्षति पुर्याउँछ भनेर भन्छन् । तर अन्डाको पहेँलो भागमा कयौँ खाले भिटामिन र मिनरल्स पाइन्छ ।
पहेँलो भाग फ्याकेर सेतो भाग मात्रै खाँदा ती भिटामिन र मिनरल्स शरीरले पाउँदैन । अन्डाको सेतो हिस्सा मात्रा खाँदा आधाभन्दा कम पोषक तत्त्व पाइन्छ । अन्डाको सेतो हिस्सामा प्रोटिन मात्रै हुन्छ । तर पहेँलो हिस्सामा झन् धेरै पोषक तत्त्व हुन्छन् ।
सेतो हिस्सामा भिटामिन के, भिटामिन ए, भिटामिन डी हुन्छ । यसमा भिटामिन बी कम्प्लेक्स पनि हुन्छ । आइरन, फोस्फरस, जिंक, क्याल्शियम हुन्छ । अन्डाको पहेँलो हिस्सामा पनि आइरन, फोस्फरस, जिंक, क्याल्शियम हुन्छ ।
तर सेतो हिस्साको तुलनामा पहेँलो हिस्सामा पोषक तत्त्व धेरै हुन्छ । पहेँलो हिस्सामा हुने कोलेस्ट्रल, सोडियम र फ्याटबाट समस्या हुन सक्छ भन्ने कुरा भ्रामक भएको डाक्टरहरू बताउँछन् । दिनहुँ व्यायाम गर्ने, र सन्तुलित भोजन गर्नेहरूलाई फ्याट र कोलेस्ट्रलको चिन्ता गर्नु पर्दैन ।
कोलस्ट्रोलले टेस्टोस्टेरोनलाई बढाउने भएकोले तौल घटाउन र मशल्स बनाउन पनि यो चाहिन्छ । यसबाट मशल्स बन्छ अनि हाड पनि बलियो रहन्छ । अन्डाको पहेँलो हिस्साबाट शरीरले निकै धेरै भिटामिन र मिनरल्स पाउँछ । यसमा फ्याट पनि धेरै हुन्छ । यसले पेट भरिएको महसुस गराउँछ र के खाऊँ के खाऊँ हुन्न ।
सेतो अन्डाको तुलनामा सिङ्गै अन्डामा क्यालोरी धेरै हुन्छ । तपाई ४ ओटा अन्डाको सेतो हिस्सा मात्रै खानु हुन्छ भने २ ओटा सिङ्गै अन्डा खानु राम्रो हो । ४ वटा अन्डाको सेतो हिस्साको तुलनामा २ ओटा सिङ्गै अन्डामा पोषक तत्त्व धेरै पाइन्छ । तर अन्डा धेरै खानु हुन्न । यसलाई सीमित मात्रामा मात्रै खानु पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण