शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

इन्ष्टाग्राममा इब्राहिम अलि खानलाई २४ घन्टाभित्र ६ लाख ७१ हजारले गरे फलो

बिहीबार, २० वैशाख २०८१, ११ : १८
बिहीबार, २० वैशाख २०८१

नयाँ दिल्ली । बलिउड अभिनेत्री सारा अली खानका भाइ र सैफ अली खानका छोरा इब्राहिम अली खानले भर्खरै  इन्स्टाग्राममा डेब्यु गरेका छन् । अभिनेताको पहिलो इन्स्टाग्राम पोस्ट जर्मन स्पोर्ट्स ब्रान्ड पुमासँगको सहकार्यमा गरिएको फोटोसुटसँग सम्बन्धित थियो । इन्ष्टाग्राममा डेब्यू गरेको २४ घण्टामा अभिनेतालाई ६ लाख ७१ हजारले फलो गरेका छन् ।

इब्राहिमले इन्स्टामा डेब्यु गर्नेबित्तिकै र्युमर्ड गर्लफ्रेन्ड पलक तिवारीलाई पनि फलो गरेका थिए । अभिनेत्री पलक तिवारी, सुहाना खान, आलिया भट्ट, खुशी कपूर र अनन्या पाण्डेलगायत कयौँ सेलिब्रेटीहरूसहित उनले करिब ४५ जनालाई फलो गरिरहेका छन् ।

साराले आफ्नो इन्ष्टा स्टोरीमा भाइ इब्राहिमलाई वागत गरेकी थिइन् । यस बाहेक इब्राहिमकी कान्छी आमा करीना कपूर खान, करण जौहर र सेलिब्रेटी हेयर स्टाइलिस्ट आलिम हाकिमले पनि इब्राहिमलाई स्वागत गरेका थिए ।

ब्रान्ड फोटोशूटबाट इन्स्टामा डेब्यु गरेकी थिइन् करिनाले

इब्राहिमलाई स्वागत गर्दै करिनाले उनको पहिलो पोस्टमा कमेन्ट पनि गरेकी छिन् । ‘यो लिगेसीमा स्वागत छ । छिट्टै हामी सँगै शूट गर्ने छौंं’ अभिनेत्रीले कमेन्टमा लेखेकी छिन् । करिनाले पनि पुमाका फोटोशूट गरेर इन्स्टामा डेब्यु गरेकी थिइन् ।

‘सरजमी’ बाट बलिउडमा डेब्यु गर्दैछन् इब्राहिम

वर्कफ्रन्टको कुरा गर्दा इब्राहिम चाँडै नै फिल्म ‘सरजामीन’ बाट बलिउडमा डेब्यु गर्दैछन् । यो फिल्ममा उनी बाहेक काजोल र पृथ्वीराज सुकुमारन जस्ता कलाकारहरु देखिनेछन् । यो फिल्मलाई करण जोहरले निर्माण गर्न लागेका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप