इन्ष्टाग्राममा इब्राहिम अलि खानलाई २४ घन्टाभित्र ६ लाख ७१ हजारले गरे फलो
नयाँ दिल्ली । बलिउड अभिनेत्री सारा अली खानका भाइ र सैफ अली खानका छोरा इब्राहिम अली खानले भर्खरै इन्स्टाग्राममा डेब्यु गरेका छन् । अभिनेताको पहिलो इन्स्टाग्राम पोस्ट जर्मन स्पोर्ट्स ब्रान्ड पुमासँगको सहकार्यमा गरिएको फोटोसुटसँग सम्बन्धित थियो । इन्ष्टाग्राममा डेब्यू गरेको २४ घण्टामा अभिनेतालाई ६ लाख ७१ हजारले फलो गरेका छन् ।
इब्राहिमले इन्स्टामा डेब्यु गर्नेबित्तिकै र्युमर्ड गर्लफ्रेन्ड पलक तिवारीलाई पनि फलो गरेका थिए । अभिनेत्री पलक तिवारी, सुहाना खान, आलिया भट्ट, खुशी कपूर र अनन्या पाण्डेलगायत कयौँ सेलिब्रेटीहरूसहित उनले करिब ४५ जनालाई फलो गरिरहेका छन् ।
साराले आफ्नो इन्ष्टा स्टोरीमा भाइ इब्राहिमलाई वागत गरेकी थिइन् । यस बाहेक इब्राहिमकी कान्छी आमा करीना कपूर खान, करण जौहर र सेलिब्रेटी हेयर स्टाइलिस्ट आलिम हाकिमले पनि इब्राहिमलाई स्वागत गरेका थिए ।
ब्रान्ड फोटोशूटबाट इन्स्टामा डेब्यु गरेकी थिइन् करिनाले
इब्राहिमलाई स्वागत गर्दै करिनाले उनको पहिलो पोस्टमा कमेन्ट पनि गरेकी छिन् । ‘यो लिगेसीमा स्वागत छ । छिट्टै हामी सँगै शूट गर्ने छौंं’ अभिनेत्रीले कमेन्टमा लेखेकी छिन् । करिनाले पनि पुमाका फोटोशूट गरेर इन्स्टामा डेब्यु गरेकी थिइन् ।
‘सरजमी’ बाट बलिउडमा डेब्यु गर्दैछन् इब्राहिम
वर्कफ्रन्टको कुरा गर्दा इब्राहिम चाँडै नै फिल्म ‘सरजामीन’ बाट बलिउडमा डेब्यु गर्दैछन् । यो फिल्ममा उनी बाहेक काजोल र पृथ्वीराज सुकुमारन जस्ता कलाकारहरु देखिनेछन् । यो फिल्मलाई करण जोहरले निर्माण गर्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण