आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रभासलाई फिल्मको सुटिङमा भ्याई नभ्याई

सोमबार, २४ वैशाख २०८१, १३ : ४८
सोमबार, २४ वैशाख २०८१

नयाँ दिल्ली । दक्षिण भारतीय सुपरस्टार प्रभास यतिबेला आफ्नो आगामी फिल्म कल्की २८९८ एडी का कारण चर्चामा छन् । यो वर्ष प्रभासका मेगा बजेटका धेरै फिल्म रिलिज हुँदैछन् ।

यसमा कल्कि २८९८, सालार २ र स्पिरिट आदि छन् । यी तीनवटै चलचित्रको बजेट निकै ठुलो छ । यतिबेला अभिनेतालाई सास फेर्न समेत फुर्सद छैन ।

उनी आगामी फिल्मको सुटिङमा व्यस्त छन् । फ्यानहरू प्रभासको नयाँ फिल्म हलमा कहिले आउँला भनेर पर्खिरहेका छन् ।

कल्की २८९८ एडी

निर्देशक नाग अश्विनको कल्की २८९८ एडी साइन्स फिक्सन फिल्म हो । यस फिल्ममा बाहुबली फेम प्रभासका साथमा दीपिका पादुकोण, अमिताभ बच्चन र कमल हासन पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् ।

हालै फिल्मको टिजर आएको थियो । यसमा अमिताभले निर्वाह गरेका चरित्रको सानो झलक देखाइएको छ । बिग बी फिल्ममा अश्वत्थामाको भूमिकामा छन् ।

उनको लुकले ‘लर्ड अफ द रिङ्स’ सिरिजको गेन्डाल्फको झल्को दिन्छ । फिल्ममा कमल हासनको पनि दमदार भूमिका हुनेछ । यो फिल्म २७ जुन २०२४ मा रिलिज हुँदैछ ।

सालार २

सालारको अपार सफलतापछि निर्देशक प्रशान्त नीलले यो फिल्मको सिक्वेल बनाउने निर्णय गरेका छन् । यो फिल्मको सिक्वेल ‘सालार २’ नामबाट आउनेछ । यो फिल्मको पहिलो भागले विश्वभर ६०० करोड भारुभन्दा बढी कमाएको थियो ।

फिल्ममा पृथ्वीराज सुकुमारनको अभिनयलाई पनि दर्शकले रुचाएका थिए । पहिलो पार्टको दमदार प्रदर्शनपछि, फ्यानहरू फिल्मको दोस्रो भागको लागि उत्सुक छन् । ‘सालार २’ को छायाङ्कन यसै वर्षको मेको अन्त्यसम्म सुरु हुने बताइएको छ ।

सालारको दोस्रो भाग हैदरावादको रामोजी फिल्म सिटीमा सुटिङ गरिने बताइएको छ । प्रभास र पृथ्वीराज फिल्म ‘सलार २’ को पहिलो शेड्युलमा सामेल हुनेछन् ।

होम्बले फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्मको मुख्य भाग यसै वर्ष छायाङ्कन हुनेछ । बाँकी भागहरू आगामी वर्षको पहिलो त्रैमासमा छायाङ्कन गरिनेछ ।

अहिले निर्माताहरू फिल्ममा भारतका सबै उद्योगका नयाँ कलाकारलाई कास्ट गर्ने तयारीमा छन् । फिल्म २०२५ को डिसेम्बरमा रिलिज हुन सक्ने बताइएको छ ।

स्पिरिट

सन्दीप रेड्डी वांगाको निर्देशनमा बन्न लागेको बलिउड एक्सन ड्रामा फिल्म हो स्पिरिट । यस फिल्ममा प्रभास मुख्य भूमिकामा देखिनेछन् ।

फिल्मको निर्माता भूषण कुमार हुन् । यो फिल्म २०२५ मा रिलिज हुन सक्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप