किटनाशकको प्रयोगले विष बन्दैछ काँक्रो, खानुअघि गर्नुस् यी काम
काठमाडौँ । गर्मीको मौसममा काँक्रोको खपत निकै धेरै हुन्छ । हामी काँक्रोको अचार वा सलाद बनाएर त खान्छौँ नै ।
नुन खुसार्नीमा चोपेर त्यत्तिकै पनि खाने गरिएको छ । तर काँक्रो फलाउने क्रममा यसमा प्रयोग गरिने विषादीका कारण यो स्वास्थ्यका लागि लाभदायक भन्दा पनि विष बन्दै गएको छ ।
काँक्रोमा फूल लागेपछि वा काँक्रो फलेपछि किराले नखाओस् भनेर यसमा इमिडाक्लोप्रिड नामक किटनाशक हाल्ने गरिएको छ । तपाईँले खुबै रुचिका साथ खाने काँक्रोमा हानिकारक विषादी पनि हुन सक्छ । जुन तपाईँको स्वास्थ्यको लागि निकै हानिकारक छ ।
विषादी प्रयोग भएको केही घण्टामै रुखबाट काँक्रो चुँडेर बजारमा विक्रीका लागि ल्याइन्छ । बजारबाट हामी त्यहीँ काँक्रो किनेर घर लैजान्छौँ । हानिकारक कीटनाशकहरूको सिधा असर हाम्रो स्वास्थ्यमा पर्छ । तपाई पनि बजारबाट काँक्रो किनेर खाँदै हुनुहुन्छ भने विषादीबाट हुन सक्ने हानि केही हदसम्म कम गर्न खानुअघि केही सावधानी अपनाउनुस् ।
काँक्रो खानुअघि यसो गर्नुस्
बजारबाट काँक्रो किन्दै हुनुहुन्छ भने खानुअघि राम्ररी सफा गर्नुस् । यसका लागि एउटा भाडामा पानी हालेर त्यसमा नुन मिसाउनुस् अनि १० मिनेटसम्मका लागि काँक्रोलाई त्यही पानीमा डुबाएर राख्नुस् । काँक्रोमा भएको विषादी हटाउने अर्को उपाय चाहिँ १ लिटर पानीमा दुई बिर्को भेनेगर हालेर सो पानीमा केही समय काँक्रोलाई डुबाएर राख्नुस् । त्यसपछि काँक्रोलाई दुई–तीन पटक सफा पानीले धोएर खान सकिन्छ । यसो गर्दा विषादीको हानि कम गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण