आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

किटनाशकको प्रयोगले विष बन्दैछ काँक्रो, खानुअघि गर्नुस् यी काम

मङ्गलबार, २५ वैशाख २०८१, १० : ३३
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । गर्मीको मौसममा काँक्रोको खपत निकै धेरै हुन्छ । हामी काँक्रोको अचार वा सलाद बनाएर त खान्छौँ नै । 

नुन खुसार्नीमा चोपेर त्यत्तिकै पनि खाने गरिएको छ । तर काँक्रो फलाउने क्रममा यसमा प्रयोग गरिने विषादीका कारण यो स्वास्थ्यका लागि लाभदायक भन्दा पनि विष बन्दै गएको छ । 

काँक्रोमा फूल लागेपछि वा काँक्रो फलेपछि किराले नखाओस् भनेर यसमा इमिडाक्लोप्रिड नामक किटनाशक हाल्ने गरिएको छ । तपाईँले खुबै रुचिका साथ खाने काँक्रोमा हानिकारक विषादी पनि हुन सक्छ । जुन तपाईँको स्वास्थ्यको लागि निकै हानिकारक छ ।

विषादी प्रयोग भएको केही घण्टामै रुखबाट काँक्रो चुँडेर बजारमा विक्रीका लागि ल्याइन्छ । बजारबाट हामी त्यहीँ काँक्रो किनेर घर लैजान्छौँ । हानिकारक कीटनाशकहरूको सिधा असर हाम्रो स्वास्थ्यमा पर्छ । तपाई पनि बजारबाट काँक्रो किनेर खाँदै हुनुहुन्छ भने विषादीबाट हुन सक्ने हानि केही हदसम्म कम गर्न खानुअघि केही सावधानी अपनाउनुस् ।

काँक्रो खानुअघि यसो गर्नुस्

बजारबाट काँक्रो किन्दै हुनुहुन्छ भने खानुअघि राम्ररी सफा गर्नुस् । यसका लागि एउटा भाडामा पानी हालेर त्यसमा नुन मिसाउनुस् अनि १०  मिनेटसम्मका लागि काँक्रोलाई त्यही पानीमा डुबाएर राख्नुस् । काँक्रोमा भएको विषादी हटाउने अर्को उपाय चाहिँ १ लिटर पानीमा दुई बिर्को भेनेगर हालेर सो पानीमा केही समय काँक्रोलाई डुबाएर राख्नुस् । त्यसपछि काँक्रोलाई दुई–तीन पटक सफा पानीले धोएर खान सकिन्छ । यसो गर्दा विषादीको हानि कम गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप