४३ वर्षका यी खेलाडी पनि टी–२० विश्वकपका लागि छानिए
काठमाडौँ । वेस्टइन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुने टी–२० विश्वकप क्रिकेटमा ४३ वर्षका खेलाडी पनि खेल्ने भएका छन् ।
टी–२० विश्वकप क्रिकेटका लागि युगाण्डाले चयन गरेको १५ सदस्यीय टोलीमा ४३ वर्षीय अफ स्पिन अलराउण्डर फ्रेंक नुसुबुगाको नाम पनि समावेश छ । उनी आसन्न टी–ट्वान्टी विश्वकप खेल्ने सर्वाधिक उमेरका खेलाडी हुनेछन् ।
विश्वकपमा युगाण्डाको नेतृत्व ब्रायन मसाबाले गर्नेछन् । टोलीमा रियाजत अली शाहले उपकप्तानको भूमिका निर्वाह गर्नेछन् ।
आसन्न विश्वकपमा युगाण्डा समूह ‘सी’ मा छ । उक्त समूहमा न्यूजील्याण्ड, अफगानिस्तान, पपुआ न्यू गिनी र वेस्टइन्डिज सामेल छन् । युगाण्डाले ४ जुनमा आफ्नो पहिलो म्याच अफगानिस्तानविरुद्ध खेल्ने छ ।
युगाण्डाको टोलीमा को को छन् ?
ब्रायन मसाबा (कप्तान), रियाजत अली शाह (उपकप्तान), केनेथ वेस्वा, दिनेश नकरानी, फ्रेंक नसुबुगा, रौनक पटेल, रोजर मुकासा, केनेथ वेसवा, कसमस क्येवुटा, बिलाल हासुन, फ्रेड अकेलम, रोबिनसन ओबुया, साइमन सेसाजी, हेनरी सेसेन्डो, अल्पेश रामजानी, जुमा मियाजी ।
रिजर्भ खेलाडी– रोनाल्ड लुटाया, इनोसेन्ट म्वेबेज ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण