दशरथ रङ्गशालाको अवस्थाप्रति फिफा र एएफसीको चासो
काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले दशरथ रङ्गशालाको स्तर सुधार गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्राचार गरेको छ । दशरथ रङ्गशाला नेपालको एकमात्र अन्तर्राष्ट्रिय रङ्गशाला हो ।
फुटबलका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता यही रङ्गशालामा आयोजना हुँदै आएको छ । पछिल्लो समय फिफा र एएफसीले दशरथ रङ्गशालाको विभिन्न पक्षमा प्रश्न उठाउँदै एन्फालाई स्तर सुधार गर्न सुझाव दिएको हो ।
‘यो नयाँ विषय होइन । निकै अघिदेखि फिफा र एएफसीले पटक–पटक दशरथ रङ्गशालाको विषयमा प्रश्न उठाउँदै आएको छ । सोही विषयमा अहिले फेरि पत्राचार गरेको हो । खासगरी उनीहरूले सुरक्षा र फ्लड लाइटको विषयमा बढी चासो देखाएका छन्,’ एन्फाका महासचिव किरण राईले रातोपाटीसँगको कुराकानीमा भने ।
फिफा र एएफसीले दशरथ रङ्गशाला निकै पुरानो भएकाले खेलका क्रममा दर्शकको सुरक्षाको विषयमा प्रश्न उठाएको हो । ‘फ्लड लाइट’ को विषयमा पनि प्रश्न गरिएको छ ।
दशरथ रङ्गशालामा रात्रिकालीन खेलका लागि जडान गरिएको ‘फ्लड लाइट’ को प्रकाश (उज्यालो) पर्याप्त नहरेको गुनासो आएपछि फिफा र एएफसीले यसप्रति चासो देखाएका हुन् ।
सन् १९९९ मा नेपालमा आयोजित आठौँ दक्षिण एसियाली खेलकुदका क्रममा चीन सरकारले दशरथ रङ्गशालामा ‘फ्लड लाइट’ जडान गरिदिएको हो । आठौँ दक्षिण एसियाली खेलकुदलाई नै ध्यानमा राखी चीन सरकारले सातदोबाटोस्थित खेलकुद परिसरमा पौडी पोखरी र सुटिङ रेन्जलगायतका पूर्वाधार पनि निर्माण गरिदिएको थियो ।
‘फिफा र एएफसीले पटक–पटक प्रश्न उठाएपछि हामी यसप्रति संवेदनशील बनेका छौँ । यस विषयमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँग पनि छलफल गरिरहेका छौँ,’ महासचिव राईले भने ।
यस विषयमा छलफल गर्न युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले मंगलबार राखेपका सदस्यसचिव टंकलाल घिसिङ र एन्फाका पदाधिकारीलाई मन्त्रालयमा बोलाएको मन्त्रालय स्रोतले जानकारी दियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण