आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
शिक्षा

घातक रोग लागेर उपचाररत बाहेक सबै शिक्षकको काज फिर्ता

मङ्गलबार, २५ वैशाख २०८१, १८ : ४८
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले घातक रोग लागेर उपचाररतबाहेक काजमा रहेका सबै शिक्षकहरूको काज फिर्ता गर्ने निर्णय गरेको छ । देशभरका सबै सामुदायिक विद्यालयमा काजमा कायरत शिक्षकहरूको काज फिर्ता गर्ने निर्णय गरेको हो । 

मंगलबार सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरुवा फिर्ता गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । 

मन्त्रालयमा शिक्षकहरूलाई विभिन्न अनावश्यक र अस्वाभाविक निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन अध्यापनमा समस्या परेको गुनासो आएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेका बाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएकी थिइन् । 

शिक्षकहरूलाई अध्ययन अध्यापन बाहेक अन्य कार्यमा लगाउन नहुने आवाज उठ्दै आएको छ । विभिन्न शिक्षक संगठनमा आबद्ध शिक्षक नेताहरू पढाउन छोडेर काठमाडौँ केन्द्रित भएर संगठनको कार्य गर्दै आएका छन् । काठमाडौँमा काज मिलाएर उनीहरूले कामै नगरेर तलब खाँदै आएका हुन् । विशेषगरी नेपाल शिक्षक महासंघ लगायतका विभिन्न शिक्षक संघ संगठनका शिक्षक नेताहरू शक्तिको भरमा काजमा काम गर्दै आएका हुन् । 

शिक्षा मन्त्रालयले विभिन्न राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई कारबाही गर्न निर्देशन दिएको छ । सोही आधारमा देशभरबाट दलका विभिन्न पदमा आबद्ध शिक्षकहरूले राजीनामा दिँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप