घातक रोग लागेर उपचाररत बाहेक सबै शिक्षकको काज फिर्ता
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले घातक रोग लागेर उपचाररतबाहेक काजमा रहेका सबै शिक्षकहरूको काज फिर्ता गर्ने निर्णय गरेको छ । देशभरका सबै सामुदायिक विद्यालयमा काजमा कायरत शिक्षकहरूको काज फिर्ता गर्ने निर्णय गरेको हो ।
मंगलबार सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरुवा फिर्ता गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयमा शिक्षकहरूलाई विभिन्न अनावश्यक र अस्वाभाविक निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन अध्यापनमा समस्या परेको गुनासो आएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेका बाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएकी थिइन् ।
शिक्षकहरूलाई अध्ययन अध्यापन बाहेक अन्य कार्यमा लगाउन नहुने आवाज उठ्दै आएको छ । विभिन्न शिक्षक संगठनमा आबद्ध शिक्षक नेताहरू पढाउन छोडेर काठमाडौँ केन्द्रित भएर संगठनको कार्य गर्दै आएका छन् । काठमाडौँमा काज मिलाएर उनीहरूले कामै नगरेर तलब खाँदै आएका हुन् । विशेषगरी नेपाल शिक्षक महासंघ लगायतका विभिन्न शिक्षक संघ संगठनका शिक्षक नेताहरू शक्तिको भरमा काजमा काम गर्दै आएका हुन् ।
शिक्षा मन्त्रालयले विभिन्न राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई कारबाही गर्न निर्देशन दिएको छ । सोही आधारमा देशभरबाट दलका विभिन्न पदमा आबद्ध शिक्षकहरूले राजीनामा दिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण