कलाकारको मिहिनेत नतिजाले देखाउँछ : प्रदीप खड्का
काठमाडौँ । अभिनेता प्रदीप खड्काले कलाकारको मिहिनेत फिल्मको व्यावसायिक नतिजाले मात्र देखाउने बताएका छन् । फिल्मको रिजल्ट राम्रो नआए मिहिनेत कलाकारमा मात्र सीमित हुने उनको धारणा छ ।
‘हामी कलाकारले हरेक भूमिकालाई निर्वाह गर्न उत्तिकै मेहनत गरिरहेका हुन्छौँ’, प्रदीपले भने, ‘त्यो रिजल्टले मात्र देखिन्छ । हाम्रो काम राम्रो भयो भने मेहनतको सोधखोज हुन्छ नत्र त्यो मेहनत हामीमै सीमित हुन्छ ।’
प्रदीप पछिल्लो समय फिल्म ‘पुजार सार्की’ मा आबद्ध छन् । फिल्ममा उनले ‘मैत बहादुर’को चरित्र निर्वाह गरेका छन् । उनी ‘मैत बहादुर’ चरित्रले आफ्नो अभिनयमा अर्को परिचय थपिने सुनाउँछन् ।
‘मैत बहादुरका लागि कपडादेखि लवजसम्ममा काम गरेको थिएँ’, उनले थपे, ‘प्रचार सामाग्रीबाटै दर्शकको नोटिसमा पर्यो । केही हदसम्म सफल भएको आभास भएको छ ।’
‘पुजार सार्की’मा प्रदीपसँगै आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शङ्कर आचार्यलगायतले अभिनय गरेका छन् ।
अन्तरजातीय प्रेम र त्यसका लागि गरिने सङ्घर्ष देखाइएको फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् । विकास सुवेदीको लेखन, सुवास भुसालको निर्माण रहेको फिल्ममा जातीय विभेदले समाजका हरेक तह र तप्काका मानिसहरूलाई पारेको व्यक्तिगत, मानसिक र सामाजिक असरलाई प्रस्तुत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण