सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

पल शाहको स्पष्टीकरण : ‘पुजार सार्की’मा छोटो भएपनि महत्त्वपूर्ण भूमिका छ

बिहीबार, २७ वैशाख २०८१, १५ : ४९
बिहीबार, २७ वैशाख २०८१

काठमाडौँ । फिल्म ‘पुजार सार्की’ आगामी जेठ १० गतेदेखि  प्रदर्शनमा आउँदैछ । फिल्मको मुख्य भूमिकामा अभिनेता प्रदीप खड्का, आर्यन सिग्देल र पल शाह छन् ।

तर अहिले प्रचार प्रसारका लागि सबैतिर मिडियामा प्रदीप र आर्यन देखिएका छन् । फिल्मको प्रचारमा पल शाह नदेखिएपछि फिल्ममा उनको भूमिका थोरै रहेको कोही भनेर उनका फ्यानले चिन्ता व्यक्त गरिरहेका छन् । 

फ्यानको उक्त चिन्तामा उनले सामाजिक संजाल मार्फत स्पष्टीकरण दिँदै आफ्नो भूमिका छोटो भएपनि महत्त्वपूर्ण रहेको बताएका छन् । 

‘निर्देशकको आफ्नो दृष्टिकोणबाट मलाई ट्रेलरमा जति देखाउनु भएको छ, त्यो निकै सृजनशील र कौतुहलता जगाइराख्ने प्रकृतिको छ’, उनले अगाडि भनेका छन्, ‘चलचित्रमा मेरो भूमिकाबारे चासो राख्नुहुने सबैमा जेठ १० गतेदेखि नेपालभरका दर्शकहरूलाई चलचित्र हलमा चुले निम्तो दिन चाहन्छु । हामी हलमै भेटौँला है ।’

पलले ‘पुजार सार्की’को ट्रेलरले एक दिनमा नै दश लाख भिउज पाएकोमा खुसी व्यक्त गरेका छन् । उनले ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसकेकोमा क्षमा समेत मागेका छन् ।

‘म ‘रावायण’को छायाङ्कनमा जनकपुर र सर्लाहीमा व्यस्त रहेको कारण सो समारोहमा निकै कोसिसका बाबजुद उपस्थित हुन सकिन, त्यसको लागि क्षमा चाहन्छु,’ उनले अगाडि भनेका छन्, ‘मैले यो चलचित्रमा अन्य चलचित्र भन्दा निकै फरक, जटिल र महत्त्वपूर्ण भूमिकामा अभिनय गरेको छु ।’ 

दिनेश राउत निर्देशित फिल्ममा अभिनेत्रीको रूपमा अञ्जना बराइली, परीक्षा लिम्बु छन् । यी दुई अभिनेत्रीलाई पनि फिल्मको प्रचारमा छायामा राखिएको छ । विकास सुवेदीको लेखन रहेको फिल्म सुवास भुसालले निर्माण गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप