पल शाहको स्पष्टीकरण : ‘पुजार सार्की’मा छोटो भएपनि महत्त्वपूर्ण भूमिका छ
काठमाडौँ । फिल्म ‘पुजार सार्की’ आगामी जेठ १० गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्मको मुख्य भूमिकामा अभिनेता प्रदीप खड्का, आर्यन सिग्देल र पल शाह छन् ।
तर अहिले प्रचार प्रसारका लागि सबैतिर मिडियामा प्रदीप र आर्यन देखिएका छन् । फिल्मको प्रचारमा पल शाह नदेखिएपछि फिल्ममा उनको भूमिका थोरै रहेको कोही भनेर उनका फ्यानले चिन्ता व्यक्त गरिरहेका छन् ।
फ्यानको उक्त चिन्तामा उनले सामाजिक संजाल मार्फत स्पष्टीकरण दिँदै आफ्नो भूमिका छोटो भएपनि महत्त्वपूर्ण रहेको बताएका छन् ।
‘निर्देशकको आफ्नो दृष्टिकोणबाट मलाई ट्रेलरमा जति देखाउनु भएको छ, त्यो निकै सृजनशील र कौतुहलता जगाइराख्ने प्रकृतिको छ’, उनले अगाडि भनेका छन्, ‘चलचित्रमा मेरो भूमिकाबारे चासो राख्नुहुने सबैमा जेठ १० गतेदेखि नेपालभरका दर्शकहरूलाई चलचित्र हलमा चुले निम्तो दिन चाहन्छु । हामी हलमै भेटौँला है ।’
पलले ‘पुजार सार्की’को ट्रेलरले एक दिनमा नै दश लाख भिउज पाएकोमा खुसी व्यक्त गरेका छन् । उनले ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसकेकोमा क्षमा समेत मागेका छन् ।
‘म ‘रावायण’को छायाङ्कनमा जनकपुर र सर्लाहीमा व्यस्त रहेको कारण सो समारोहमा निकै कोसिसका बाबजुद उपस्थित हुन सकिन, त्यसको लागि क्षमा चाहन्छु,’ उनले अगाडि भनेका छन्, ‘मैले यो चलचित्रमा अन्य चलचित्र भन्दा निकै फरक, जटिल र महत्त्वपूर्ण भूमिकामा अभिनय गरेको छु ।’
दिनेश राउत निर्देशित फिल्ममा अभिनेत्रीको रूपमा अञ्जना बराइली, परीक्षा लिम्बु छन् । यी दुई अभिनेत्रीलाई पनि फिल्मको प्रचारमा छायामा राखिएको छ । विकास सुवेदीको लेखन रहेको फिल्म सुवास भुसालले निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण