मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

यो सदनमा प्रश्नको घाँटी निमोठ्ने तयारी हुँदैछ : महामन्त्री थापा

शुक्रबार, २८ वैशाख २०८१, १६ : ३५
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सदनमा प्रश्नको घाँटी निमोठ्ने प्रयास भएको बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकमा उनले प्रश्नको घाँटी निमोठ्ने कुराको तयारी भइरहेको बताए ।

‘संसद्‌मा जुन दृश्य बन्न जाँदैछ । त्यसको कारण हामी होइनौँ । जे गर्ने सोच राखिएको छ । त्यसको मूल्य सबैले चुकाउनुपर्छ । यसलाई हल्का नठानियोस् । नेपाली कांग्रेस पार्टी सदन चल्नुपर्छ भन्ने कुरामा गम्भीर छ,’ उनी भन्छन् । 

डढेलो, बाढी पहिरो  र दल तोडफोडको प्रश्न गर्ने मन भए पनि सरकारका कारण संसद् अवरुद्ध हुने अवस्था बनेको बताए । ‘यहाँ उभिएर डढेलो नियन्त्रबारे बोल्न चाहन्थे । सरकारको हेलिकप्टर किन्ने योजना कहाँ पुग्यो भनेर सोध्न चाहन्थेँ । बाढी पहिरो नियन्त्रणको तयारीबारे सोध्न चाहन्थेँ । दलहरू तोडफोड गरेर उथलपुथल गर्ने कामहरू कति बाँकी छ भनेर सोध्न चाहन्थेँ । मलाई थाहा छ यो कुरा सोध्ने मन यहाँ भएका सबै माननीयको पनि छ । हामी यी कुरा सोध्न र प्रश्नको उत्तर खोज्न हामी यहाँ आएका हौं । तर संसदीय छानबिन समिति बनाउन सरकार तयार भएन । संसदीय छानबिन समिति नबनेसम्म संसद् चल्दैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप