मिथुनले भने, ‘सलमानले बिहे गर्दैनन्, युवतीहरूलाई बेवकुफ मात्र बनाउँछन्’
मुम्बई । दिग्गज अभिनेता मिथुन चक्रवर्तीले सलमान खानले कहिल्यै बिहे नगर्ने बताएका छन् । उनका अनुसार सलमान निकै चकचके स्वभावका छन् । उनले युवतीहरूलाई बेवकुफ मात्रै बनाउँछन् । यता केटीहरू भने उनको व्यक्तित्वबाट मोहित हुन्छन् र विवाहको सपना देख्न थाल्छन् ।
सलमानले उनलाई धेरै माया गर्ने मिथुनको भनाई छ । सुटिङको क्रममा सलमानले उनलाई राति पनि एक्लै छोड्दैनन्, रमाइलो र ठट्टा गरिरहन्छन् ।
टिभी रियालिटी शो सारेगामापाका प्रस्तोता आदित्य नारायणले मिथुनलाई ज्याकी श्रौफ, सलमान खान, सञ्जय दत्त र अक्षय कुमारमध्ये कसले तपाईंलाई सबैभन्दा बढी कसले समस्यामा पारेको छ भनेर सोध्दा मिथुनले ‘सलमान खान’ भन्ने जवाफ दिए । उनले भने, ‘सबैभन्दा धेरै दुख पनि सलमानले नै मलाई दियो ।’
उनले थपे, ‘उसको मप्रति धेरै माया छ, हामी दुवैसँगै छौँ भने ऊ एक मिनेट पनि शान्त रहन सक्दैन । ऊ मलाई खोजिरहन्छ, म सुतेको भए उसले मलाई ब्युँझाउँछ। हामी सेन्ट पिटर्सबर्गमा सुटिङ गरिरहेका थियौँ। म राति करिब २ बजे सुतेको थिएँ । मैले मेरो कोठामा भित्रबाट चुकुल लगाएको पनि थिएँ । तर ऊ कसरी ढोका खोलेर भित्र पस्यो, मलाई अझैसम्म पनि थाहा छैन।’
मिथुनले भने, ‘ ऊभित्र आएपछि के भयो त्यो चाहिँ म भन्न सक्दिनँ । तर जब मैले आँखा खोलेँ, उनी मेरो अगाडि उभिएर हाँसिरहेका थिए । मैले उसलाई भनेँ- तिमी कस्तो मान्छे ! उनी धेरै-धेरै चकचके छन्।’
सलमानको बिहेबारे उनले भने, ‘सलमानले कहिल्यै बिहे गर्दैनन् तर सबैलाई खुराक दिन्छन् (उनी केटीहरूलाई बेवकुफ बनाउँछन्)। केटीहरू सोच्छन् कि यस्तो सुन्दर सुपरस्टार छ, उसले उनीहरूसँग विवाह गर्नेछ। तर त्यो भाइले त्यसो गर्दैन, म ग्यारेन्टी दिन्छु, उसले बिहे गर्दैन।
सलमान अन्तिम पटक कट्रिना कैफसँग फिल्म टाइगर ३ मा देखिएका थिए । उनी अब आगामी वर्ष रिलिज हुन लागेको फिल्म सिकन्दरमा देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण