कल्याण उपकार सेभिङ्गका अध्यक्ष लिला बहादुर पुर्पक्षका लागि थुनामा
काठमाडौँ । ललितपुरको कुमारीपाटीस्थित कल्याण उपकार सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष लिला बहादुर गुरुङलाई अदालतले पुर्पक्षका लागी थुनामा राख्न आदेश गरेको छ । जिल्ला अदालत ललितपुरको आदेश अनुसार उनलाई कारागार कार्यालय नख्खु चलान गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
कल्याण उपकार सेभिङ एण्ड क्रेडिटको निक्षेप अपचलन गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध ५८ करोड ७९ लाख ४९ हजार बिगो मागदावी लिएर अदालतमा अभियोगपत्र दायर गरेको थियो । उनीविरुद्ध २९९ पीडितले ११८ वटा जाहेरी दिएका थिए । सो मुद्दामा गुरुङ सहित १४ जनालाई प्रतिवादी कायम गरिएको एसपी सुवेदीले जानकारी दिए ।
उनीविरुद्ध सिआईबीले पनि काठमाडौँस्थित नयाँ कृषि सहकारीको रकम हिनामिना प्रकरणमा अनुसन्धान गरेको थियो । नयाँ कृषि सहकारी प्रकरणमा मुद्दा नचल्ने निर्णयसँगै उनलाई ललितपुर प्रहरीले अनुसन्धान गरेको हो । गुरुङ नयाँ कृषि सहकारीको पनि उपाध्यक्ष हुन् । गुरुङ ओखलढुंगा सिद्धिचरण नगरपालिका वडा नम्बर–४ का स्थानिय हुन् । ५२ वर्षीय गुरुङ ललितपुर महानगरपालिका वडा नम्बर–४ स्थित बागडोलमा बस्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण