बिल एन्ड मेलिन्दा गेट्स फाउन्डेशनबाट बाहिरिँदै मेलिन्दा फ्रेन्च गेट्स
क्यालिफोनिर्या । अमेरिकी खर्बपति व्यापार बिल गेट्सकी पूर्वपत्नी मेलिन्दा फ्रेन्च गेट्सले बिल एन्ड मेलिन्दा गेट्स फाउन्डेशनको सह–अध्यक्षको पदबाट राजीनामा दिने भएकी छिन् । उनी सन् २००० देखि संस्थामा आबद्ध रहँदै आएकी थिइन् । गएको २५ वर्षमा यो संस्थाले झन्डै ७८ अर्ब डलर बराबरको रकम दान दिइसकेको छ ।
परोपकार क्रियाकलापका आगामी अध्याय कसरी बिताउने भन्नेबारे गहन सोच विचार गरेपछि उनले यो निर्णय गरेको फाउन्डेशनका सीईओ मार्क सुजम्यानले भनेका छन् । बिल गेट्ससँग सम्बन्ध विच्छेद गर्दाको शतअनुसार मेलिन्दाले फाउन्डेशनमा गरेको कामबापत अर्को १२ अर्ब ५० करोड डलर पाउनेछिन् । उनले जुन ७ देखि फाउन्डेशन छाड्दै छिन् ।
मेलिन्दा बाहिरिएपछि यो फाउन्डेशनको नाम बिल गेट्स फाउन्डेशन मात्रै रहनेछ । यसको अध्यक्ष पनि गेट्स एक्लै हुने बताइएको छ । बिहे गरेको २७ वर्षपछि बिल र मेलिन्दाले सम्बन्ध विच्छेद गरेका थिए । सम्बन्ध विच्छेदयता मेलिन्दा क्रमशः बिल गेट्सको व्यापार र परोपकारी संस्थाबाट अलग्गिइरहेकी छिन् । बिल एन्ड मेलिन्दा गेट्स फाउन्डेशन विश्वकै प्रभावशाली परोपकारी संस्थामध्येमा पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण