बिल एन्ड मेलिन्दा गेट्स फाउन्डेशनबाट बाहिरिँदै मेलिन्दा फ्रेन्च गेट्स

क्यालिफोनिर्या । अमेरिकी खर्बपति व्यापार बिल गेट्सकी पूर्वपत्नी मेलिन्दा फ्रेन्च गेट्सले बिल एन्ड मेलिन्दा गेट्स फाउन्डेशनको सह–अध्यक्षको पदबाट राजीनामा दिने भएकी छिन् । उनी सन् २००० देखि संस्थामा आबद्ध रहँदै आएकी थिइन् । गएको २५ वर्षमा यो संस्थाले झन्डै ७८ अर्ब डलर बराबरको रकम दान दिइसकेको छ ।
परोपकार क्रियाकलापका आगामी अध्याय कसरी बिताउने भन्नेबारे गहन सोच विचार गरेपछि उनले यो निर्णय गरेको फाउन्डेशनका सीईओ मार्क सुजम्यानले भनेका छन् । बिल गेट्ससँग सम्बन्ध विच्छेद गर्दाको शतअनुसार मेलिन्दाले फाउन्डेशनमा गरेको कामबापत अर्को १२ अर्ब ५० करोड डलर पाउनेछिन् । उनले जुन ७ देखि फाउन्डेशन छाड्दै छिन् ।
मेलिन्दा बाहिरिएपछि यो फाउन्डेशनको नाम बिल गेट्स फाउन्डेशन मात्रै रहनेछ । यसको अध्यक्ष पनि गेट्स एक्लै हुने बताइएको छ । बिहे गरेको २७ वर्षपछि बिल र मेलिन्दाले सम्बन्ध विच्छेद गरेका थिए । सम्बन्ध विच्छेदयता मेलिन्दा क्रमशः बिल गेट्सको व्यापार र परोपकारी संस्थाबाट अलग्गिइरहेकी छिन् । बिल एन्ड मेलिन्दा गेट्स फाउन्डेशन विश्वकै प्रभावशाली परोपकारी संस्थामध्येमा पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ११४ पुग्यो, नाकाबन्दीका कारण अवस्था झनै बिग्रियो
-
रविविरुद्ध उजुरी नदिएको भन्दै एकपछि अर्को गर्दै बोल्न थाले बचतकर्ता
-
ओमोडा एन्ड जेइकोलेको ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ सार्वजनिक, चीन भ्रमणकाे मौका
-
शिक्षामा कम्तीमा २० प्रतिशत लगानी, कसरी सम्भव छ ?
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
चितवनको रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते