नीति तथा कार्यक्रम
प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै कांग्रेसले घेर्यो रोष्टम
मङ्गलबार, ०१ जेठ २०८१, १८ : ११
काठमाडौँ । प्रतिनिधिसभाको बैठक कांग्रेसले अवरोध गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि धन्यवाद ज्ञापनका लागि बसेको प्रतिनिधि सभाको बैठक कांग्रेसले अवरुद्ध गरेको हो ।
राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्न बसेको बैठकमा कांग्रेसले रोष्टम घेर्दै ‘सहकारी ठगलाई कारबाही गर, संसदीय छानबिन गठन गर’ भन्दै नाराबाजी गरेको छ ।
सभामुख देवराज घिमिरेले संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्नुपर्ने व्यवस्था रहेकोले धन्यवाद ज्ञापनको प्रस्ताव पारित गर्नका लागि आग्रह गरेपनि विपक्षी दल कांग्रेसले नाराबाजी गर्दै बैठक अवरुद्ध गरेको हो ।
अर्को बैठक जेठ ३ गते बिहीवार ११ बजे बस्नेगरी बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण