नीति तथा कार्यक्रम
प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै कांग्रेसले घेर्यो रोष्टम
मङ्गलबार, ०१ जेठ २०८१, १८ : ११

काठमाडौँ । प्रतिनिधिसभाको बैठक कांग्रेसले अवरोध गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि धन्यवाद ज्ञापनका लागि बसेको प्रतिनिधि सभाको बैठक कांग्रेसले अवरुद्ध गरेको हो ।
राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्न बसेको बैठकमा कांग्रेसले रोष्टम घेर्दै ‘सहकारी ठगलाई कारबाही गर, संसदीय छानबिन गठन गर’ भन्दै नाराबाजी गरेको छ ।
सभामुख देवराज घिमिरेले संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्नुपर्ने व्यवस्था रहेकोले धन्यवाद ज्ञापनको प्रस्ताव पारित गर्नका लागि आग्रह गरेपनि विपक्षी दल कांग्रेसले नाराबाजी गर्दै बैठक अवरुद्ध गरेको हो ।
अर्को बैठक जेठ ३ गते बिहीवार ११ बजे बस्नेगरी बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्री ५ हटेपनि नेताहरूको कार्यशैली श्री ३ को जस्तो भयो : डा. बाबुराम भट्टराई
-
विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु
-
संसारभर आप्रवासी श्रमिकहरूमाथि भइरहेको शोषण
-
प्रधानमन्त्री ओली, देउवा, प्रचण्डबिच भेटघाट हुँदै
-
कुनै पनि आयोजना रुग्ण हुन नदिन मन्त्री दाहालको आग्रह
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ