सचिन तेन्दुलकरको घरमा तैनाथ सुरक्षाकर्मीले गरे आत्महत्या
बुधबार, ०२ जेठ २०८१, १९ : ४९
मुम्बई । भारतका पूर्वक्रिकेटर सचिन तेन्दुलकरको घरमा तैनाथ एक सुरक्षाकर्मीले आत्महत्या गरेका छन् ।
‘स्टेट रिजर्भ पुलिस फोर्स’ (एसआरपीएफ) का ४० वर्षीय प्रकाश कापडेले आत्महत्या गरेका हुन् । उनले आफ्नै घरमा सर्भिस रिभल्वरले गोली हानेर आत्महत्या गरेको बताइएको छ ।
उनी सचिन तेन्दुलरको घरमा सुरक्षाकर्मीका रुपमा तैनाथ रहँदै आएका थिए । उनले ८ दिनको बिदामा आफ्नो घर गएको बेला आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रकाशले के कारणले आत्महत्या गरेको हो भन्ने खुल्न नसकेको प्रहरी अधिकारीले जनाएका छन् । उनको शव परीक्षणका लागि पठाइएको छ । प्रहरीले उनको परिवारका सदस्यसँग सोधपुछ गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण