सामान्य विवादमा कञ्चनपुरमा एक पूर्वशिक्षकको हत्या
काठमाडौँ । कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित विद्यानगरमा सामान्य विवादमा एक जना पूर्वशिक्षकको हत्या भएको छ । विद्यानगर घर भएका ६४ वर्षीय लछी चन्दको हत्या भएको कञ्चनपुरका एसपी चक्रराज जोशीले रातोपाटीलाई जानकारी दिए ।
हत्या आरोपमा बैतडीको दोगडाकेदार–४ घर भएका महेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । ३५ वर्षीय भण्डारीले ढुङ्गा प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
बुधवार साँझ बाटोमा जम्काभेट हुँदा सामान्य विवाद हुँदा भण्डारीले ढुङ्गाले हिर्काएका हुन् । भण्डारी बेलौरी स्थित दाइको घरमा गएका थिए । साँझ दाजुकी छोरी र उनी घरबाहिर निस्केका थिए । साँझ ८ बजेतिर फर्किदा दाजुकी छोरी अस्मिता र उनी हात समातेर हिँडेको देखेपछि लछीले त्यसबारे विरोध गरेका थिए । अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार चन्दले ‘गाउँमा विकृति भित्रियो’ भनेपछि उनीहरू बिच विवाद भएको थियो । विवादको बिचमा भण्डारीले ढुङ्गा प्रहार गरेर हत्या गरेका हुन् ।
हत्या आरोपीले मदिरा सेवन गरेको थाहा भएको छ । मृतकको शव पोस्टमार्टमका लागी धनगढीमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका संस्थापक सदस्य स्वतः केन्द्रीय समिति सदस्य हुने
-
कुरासाओका गोलरक्षकले तोडे १० वर्ष पुरानो विश्वकप रेकर्ड
-
रास्वपाको महाधिवेशन स्थल जलमग्न (तस्बिरहरू)
-
हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन
-
कालीगण्डकी किनारलाई धार्मिक–पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग निर्माण
-
इक्वेडर र कुरासाओ गोलरहित बराबरीमा रोकिए, दुवै टोलीको नकआउट चरण पुग्ने सम्भावना कठिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण