यो हो विश्वकै महँगो प्वाँख, एउटै प्वाँखको मूल्य ३७ लाख ९४ हजार रुपैयाँ
न्यूजिल्यान्ड । न्यूजिल्यान्डमा लामो समय अघि लोप भइसकेको चराको एउटा प्वाँख ४६ हजार ५२१ न्यूजिल्यान्ड डलर (२८ हजार ४०० अमेरिकी डलर)मा विक्री भएको छ । नेपाली रुपैयाँमा यो रकम ३७ लाख ९४ हजार हाराहारी पर्न आउँछ । प्वाँख लिलामी गर्ने लिलाम घर वेब्स अक्शन हाउसले बताएअनुसार हुइया नामक चरा अन्तिम पटक २० औँ शताब्दीको सुरुमा देखिएको थियो ।
यस अघि यही चराको एउटा प्वाँख ८ हजार ४०० न्यूजिल्यान्ड डलरमा विक्री भएको थियो । हुइया चराको प्वाँख यस पटकको लिलामीमा ३ हजार न्यूजिल्यान्ड डलरसम्म बिक्ने आशा गरिएको थियो । तर सोमबारको मूल्यसँगै यो विश्वमा बिक्री भएको सबैभन्दा महँगो प्वाँख बनेको छ । यो प्वाँखलाई उच्च हैसियतको प्रतीकको रूपमा हेरिन्छ । उच्च पदमा रहेका व्यक्तिहरूलाई मात्रै यसको प्वाँख कपालमा सिउरिन दिइन्थ्यो भनेर न्यूजिल्यान्ड संग्राहलयले बताएको छ ।
यो चराको प्वाँखलाई प्रायः बहुमूल्य वस्तुसँग साट्ने गरिन्थ्यो । मित्रता एवम् सम्मान दर्साउन अरूलाई उपहारका रूपमा दिने चलन पनि थियो । १९ औँ शताब्दीमा माओरी र यूरोपेली सिकारीहरूले ठुलो सङ्ख्यामा यो चरा मारेर यसको छाला र प्वाँखलाई कलेक्टर र फेशन व्यापारीहरूलाई बेचे । सन् १९०० को सुरुमा वैज्ञानिकहरूले बाँकी रहेको हुईया चरा जोगाउन कयौँ प्रयास गरेका थिए । तर तिनीहरूको प्रयास असफल भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनी भर्सेस कुरासाओ
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण