सहकारीको रकम फिर्ता गराउने कांग्रेस बैठकको एजेन्डा
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा सहकारीको बचत रकम हिनामिना र बचत रकम फिर्ता गराउने छलफलको प्रमुख एजेन्डा बनाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा सहभागी एक सदस्यका अनुसार सहकारीको रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्रीको संलग्नताबारे छानबिन समिति गठन हुनुपर्ने बैठकको प्रमुख एजेन्डा रहेको बताए ।
त्यस्तै सहकारीको रकम हिनामिनाबारे कांग्रेसले संसदमा उठाएको विषयमा गृहमन्त्रीले दिएको अशिष्ट र हिंसक तथा अपमानजनक व्यक्ति विशेष शब्दको प्रयोग, विवादित गृहमन्त्रीको पद, प्रतिपक्षको मागमा सभामुखको कार्यशैली तथा सरकारको प्रस्तुति लगायतका विषय छलफलका एजेन्डा भएको कांग्रेस नेताहरूले जनाएका छन् ।
नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने माग गर्दै आएको छ । संयुक्त बैठकमा हुने छलफलका आधारमा निर्णय गरेर अघि बढ्ने कांग्रेसको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण