‘सहकारी प्रकरणको विषयान्तर गर्न सिरोहियाको गिरफ्तारी’
बुधबार, ०९ जेठ २०८१, १५ : ४८

काठमाडौँ । प्राज्ञिक क्षेत्रका अगुवाहरूले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण ढंगले पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छन् ।
प्राध्यापक कपिल श्रेष्ठसहितका नौ प्राध्यापक संघ संगठनका पूर्व अध्यक्ष समेत रहेका उनीहरूले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रेस स्वतन्त्रता, मानवअधिकार, कानुनीराज्य र लोकतन्त्रको उपहास हुनेगरी गरिएको सिरोहियाको गिरफ्तारीप्रति घोर भर्त्सना गरेका छन् ।
उनीहरूले हाल संसदमा सहकारी ठगी प्रकरणमा आरोपित गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे भइरहेको कार्यलाई ढाकछोप तथा विषयान्तर गर्नका लागि प्रेस स्वतन्त्रतामाथि हमला गरिएको भन्दै आपत्ति जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण गर्न रुख कटान सुरु
-
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
-
विद्यार्थीहरू भर्ना अनियतता प्रकरण : नेविसंघ र क्रान्तिकारीका नेताको नाम पनि मुछियो
-
जब रन लिन दौडिरहेका ब्याट्सम्यानको खल्तीबाट मोबाइल खस्यो...
-
दराजद्वारा बेस्ट डिल अभियानको घोषणा