मेक्सिकोमा र्यालीमा स्टेज भत्किँदा कम्तीमा ५ जनाको मृत्यु
बिहीबार, १० जेठ २०८१, ११ : ०१
मेक्सिको सिटी । मेक्सिकोको उत्तरी नुएभो लिओन राज्यमा चुनावी अभियानको र्यालीका क्रममा स्टेज भत्किँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ । अरू १५ जना घाइते भएका छन् । सो दुर्घटना राष्ट्रपति पदका उम्मेदवार योर्ज अल्भारेज मेनेजको र्यालीमा भएको हो ।
मोन्टर्रे नजिकै रहेको सान पेद्रो गार्जा सहरमा मेनेजले भाषण दिइरहेका बेलामा स्टेज भत्किएको थियो । अचानक आँधी आउँदा स्टेज भत्किएको माइक्रोब्लगिङ वेबसाइट एक्समा एक पोस्टमार्फत मेनेजले भनेका छन् । यस घटनामा आफू सुरक्षित रहे पनि आफ्नो समूहका कयौँ सदस्यहरू घाइते भएको उनले बताएका छन् ।
स्टेज भत्किएपछि मेनेजले आफ्ना समर्थकहरूलाई हात हल्लाएर सुरक्षित स्थानतिर लागेको भिडियोमा देखिन्छ । चट्याङ र शक्तिशाली आँधी चलिरहेकोले स्थानीय बासिन्दाहरूलाई घरभित्रै बस्न अनुरोध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण