आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

जेठ १३ को प्रदर्शनका लागि कांग्रेसले तोक्यो १५ कमान्डर

बिहीबार, १० जेठ २०८१, १७ : ०६
बिहीबार, १० जेठ २०८१

काठमाडौँ । नेपाली कांग्रेसले जेठ १३ गते काठमाडौँ उपत्यकामा हुने प्रदर्शनकाे तयारीका लागि नेताहरूलाई जिम्मेवारी बाँडफाँड गरेको छ । प्रदर्शनका क्रममा  उपत्यकाका १५ क्षेत्रमा खटिने नेताहरूलाई कांग्रेसले जिम्मेवारी तोकेको हो ।

जसअनुसार काठमाडौँमा १०, ललितपुरमा ३ र भक्तपुरमा २ जनालाई जिम्मेवारी तोकिएको छ । काठमाडौँमा केन्द्रीय सदस्यहरू अब्दुल सतार, सीता थपलिया, रंगमती शाही, कुन्दन काफ्ले, नैनसिंह महर, गुरु बराल, आङ्गेलु शेर्पा, उमेशजंग रायमाझी, डा.डिला सङ्ग्रौला र सरिता प्रसाईंलाई खटाइएको छ ।

ललितपुरमा पार्टीका सहमहामन्त्री उमाकान्त चौधरी, नेताहरू  देवेन्द्रराज कँडेल  र अर्जुन जोशीलाई खटाइएको छ । कांग्रेसले भक्तपुरमा इन्द्र बानियाँ र गणेश लामालाई खटाएको छ । बानियाँ बागमती प्रदेश सभापति हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप