परराष्ट्र सचिव लम्साल सेन्ट जोन्स प्रस्थान
काठमाडौँ । परराष्ट्र सचिव सेवा लम्साल सेन्ट जोन्स प्रस्थान गरेकी छिन् । एन्टिगुवा र बारबुडाको राजधानी सेन्ट जोन्समा आयोजना हुने साना टापु विकासशील राष्ट्रहरूको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उनी शुक्रबार त्यता प्रस्थान गरेकी हुन् ।
संयुक्त राष्ट्रसंघले जेठ १४ देखि १७ गतेसम्म आयोजना गर्न लागेको सो सम्मोलनमा सचिव लम्सालले अतिकम विकसित देशहरूको समूह (एलडिसिज) को लागि विश्वव्यापी समन्वय ब्यूरोको अध्यक्षको रूपमा समूह नेतृत्व गर्ने र आफ्नो मन्तव्य पनि दिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
‘उत्थानशील समृद्धितर्फको मार्गचित्र’ भन्ने मूल नाराका साथ हुन गइरहेको सम्मेलन प्रत्येक १० वर्षमा आयोजना हुँदै आएको छ । सम्मेलनमा दिगो विकासमा साना टापु विकासशील देशहरूको प्रगति समीक्षा र नयाँ दशकको लागि कार्ययोजना प्रस्ताव पेस हुनेछ ।
सम्मेलनपछि सचिव लम्सालले साइडलाइन वार्ताहरू गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । परराष्ट्र सचिव लम्साल जेठ १९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण