सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

परराष्ट्र सचिव लम्साल सेन्ट जोन्स प्रस्थान

शुक्रबार, ११ जेठ २०८१, १६ : १२
शुक्रबार, ११ जेठ २०८१

काठमाडौँ । परराष्ट्र सचिव सेवा लम्साल सेन्ट जोन्स प्रस्थान गरेकी छिन् । एन्टिगुवा र बारबुडाको राजधानी सेन्ट जोन्समा आयोजना हुने साना टापु विकासशील राष्ट्रहरूको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उनी शुक्रबार त्यता प्रस्थान गरेकी हुन् ।

संयुक्त राष्ट्रसंघले जेठ १४ देखि १७ गतेसम्म आयोजना गर्न लागेको सो सम्मोलनमा सचिव लम्सालले अतिकम विकसित देशहरूको समूह (एलडिसिज) को लागि विश्वव्यापी समन्वय ब्यूरोको अध्यक्षको रूपमा समूह नेतृत्व गर्ने र आफ्नो मन्तव्य पनि दिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘उत्थानशील समृद्धितर्फको मार्गचित्र’ भन्ने मूल नाराका साथ हुन गइरहेको सम्मेलन प्रत्येक १० वर्षमा आयोजना हुँदै आएको छ । सम्मेलनमा दिगो विकासमा साना टापु विकासशील देशहरूको प्रगति समीक्षा र नयाँ दशकको लागि कार्ययोजना प्रस्ताव पेस हुनेछ ।  

सम्मेलनपछि सचिव लम्सालले साइडलाइन वार्ताहरू गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । परराष्ट्र सचिव लम्साल जेठ १९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप