सहकारी ठगी गरेकालाई जोगाउन सत्तापक्षले षड्यन्त्र गर्यो : चित्रबहादुर केसी
आइतबार, १३ जेठ २०८१, १२ : ३९
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेलाई जोगाउनका लागि सत्तापक्षले षड्यन्त्र गरेको आरोप लगाएका छन् । आइतबार सरकारले पेश गरेको नीति तथा कार्यक्रमको विरोध गर्दै अध्यक्ष केसीले उक्त आरोप लगाएका हुन् ।
‘सहकारीमा ठगेर मुलुकलाई यत्रो बर्बाद पार्नेहरूलाई सत्ता पक्षले जोगाउन जुन खालको षड्यन्त्र गरिराखेको छ । यो लोकतन्त्रमाथिको आक्रमण हो । गणतन्त्रमाथिको आक्रमण हो । त्यसकारण सत्ताधारीको जुन दुर्दशा छ, यसमा राष्ट्रिय जनमोर्चाले घोर विरोध गर्छ’, केसीले भने ।
यस्तै सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाले समर्थन नगर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण