सहकारी ठगी गरेकालाई जोगाउन सत्तापक्षले षड्यन्त्र गर्यो : चित्रबहादुर केसी
आइतबार, १३ जेठ २०८१, १२ : ३९

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेलाई जोगाउनका लागि सत्तापक्षले षड्यन्त्र गरेको आरोप लगाएका छन् । आइतबार सरकारले पेश गरेको नीति तथा कार्यक्रमको विरोध गर्दै अध्यक्ष केसीले उक्त आरोप लगाएका हुन् ।
‘सहकारीमा ठगेर मुलुकलाई यत्रो बर्बाद पार्नेहरूलाई सत्ता पक्षले जोगाउन जुन खालको षड्यन्त्र गरिराखेको छ । यो लोकतन्त्रमाथिको आक्रमण हो । गणतन्त्रमाथिको आक्रमण हो । त्यसकारण सत्ताधारीको जुन दुर्दशा छ, यसमा राष्ट्रिय जनमोर्चाले घोर विरोध गर्छ’, केसीले भने ।
यस्तै सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाले समर्थन नगर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत