नीति तथा कार्यक्रम निराशा चिर्ने र आशा जगाउने गरी आएको छ : पूर्वअर्थमन्त्री पौडेल
काठमाडौँ । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको नीति तथा कार्यक्रम आम नागरिकहरूमा विकसित भएको निराशालाई चिर्ने र आशा जगाउने गरी आएको जिकिर गरेका छन् । गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट संसदमा टेबल भएको नीति तथा कार्यक्रममाथिको छलफलमा आइतबार दलगत प्रतिनिधि गर्दै अर्थमन्त्री पौडेलले समग्रमा सरकारले उत्कृष्ट र वर्तमान आर्थिक स्थितिलाई सम्बोधन गर्ने गरी आएको उनले बताए ।
‘नीति तथा कार्यक्रमले मुलुकको वर्तमान आर्थिक दृश्यलाई मनन गरेको छ । १६औँ पञ्चवर्षीय योजनालाई आत्मसात् गर्न खोजेको छ । दिगो विकासका लक्ष्यलाई पछ्याउन खोजको छ । एडडीसी ग्यार्जुएसनपछि उत्पन्न हुन सक्ने चुनौती र अवसरलाई कसरी म्यानेज गर्ने भनेर दृष्टिकोण अघि सारेको छ’ पूर्व मन्त्री पौडेलले भने, ‘यस्तो कार्यक्रमलाई प्रतिपक्षीले विरोध गरेर होइन आत्मसात् गर्नुपर्ने थियो । तर यसो हुन सकेन ।’
सभामा पूर्व मन्त्री पौडेलले नीति तथा कार्यक्रमले समतामूलक विकास र योजना छनोट गर्दै भ्रष्ट्राचार न्यूनीकरण गर्ने र सार्वजनिक ऋणलाई समुचित प्रयोगमा लगानी सरकारले प्रतिबद्धता जनाएको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण