बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्यामा वृद्धि

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । निकुञ्जमा बाघ, चितुवा, हात्ती, जरायो, बाह्रसिङ्गेलगायत वन्यजन्तु हेर्न पर्यटक आउने गरेको निकुञ्ज प्रशासनले जनाएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले बाघको सङ्ख्या बढेर एक सय २५ पुगेपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको जानकारी दिए ।
भ्रमणका लागि आउने करिब ९० प्रतिशत पर्यटकले बाघ अवलोकन गर्ने गरेका छन् । अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई हजार विदेशी पर्यटक निकुञ्ज घुम्न आएकामा चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ४ हजार पर्यटक आएका छन् ।
अघिल्लो आवको पुस मसान्तसम्ममा छ हजार आन्तरिक पर्यटकले निकुञ्ज भ्रमण गरेकामा चालु आवको सोही अवधिमा १० हजारले भ्रमण गरेका छन् । गत आवको पुस मसान्तसम्ममा ५ सय सार्क मुलुकका पर्यटकले भ्रमण गरेकामा अहिले चालु आवको पुस मसान्तसम्ममा ८ सयले भ्रमण गरेका छन् ।
“हामीलाई विश्वास छ यसवर्ष करिब २० हजार पर्यटकले निकुञ्ज भ्रमण गर्नेछन्, यसको मुख्य कारण बाघको सङ्ख्या बढेकाले त्यसलाई प्रत्यक्ष रूपमा देख्न पाउनु नै हो”, प्रमुख संरक्षण अधिकृत रामले भने । निकुञ्जका अनुसार अमेरिका, जर्मन, फ्रान्स, न्यूजील्याण्ड, चीन, भारतलगायत मुलुकका विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छानबिनका लागि मार्गप्रशस्त गर्न गृहमन्त्रीलाई कोइरालाको सुझाव
-
रोशन यक्सोका तीन कविता
-
जेजेएमपीका प्रमुख पप्पु लोहाराको प्रहरी इन्काउन्टरमा मृत्यु, टाउकोमाथि थियो १० लाख भारु पुरस्कार
-
सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक छ : अध्यक्ष ढकाल
-
ड्रोन आक्रमणका कारण रोकिएको पञ्जाब र दिल्लीको भिडन्तको रिप्ले आज
-
'सन अफ सरदार' र 'आर राजकुमार'का अभिनेता मुकुल देव रहेनन्