आर्थिक सर्वेक्षण : सबै बालीको उत्पादन बढ्ने अनुमान
काठमाडौँ । चालु आर्थिक वर्ष सबै बालीको उत्पादन बढ्ने अनुमान गरिएको छ । आर्थिक सर्वेक्षण २०८०/०८१ मा धान, गहुँ, मकैलगायत खाद्यान्न बालीको उत्पादन ४.३६ प्रतिशत तथा नगदेबालीका रूपमा रहेका आलु र तेलहन बालीको उत्पादन ५.०७ प्रतिशतले बढ्ने अनुमान छ ।
यस्तै, औद्योगिक बालीको उत्पादन ४.६३ प्रतिशत, दलहन बाली ४.७९ प्रतिशत, मसलाबाली ३.७४ प्रतिशत, फलफूल बाली ०.६७ प्रतिशत र तरकारी ०.५२ प्रतिशतले वृद्धि हुने अनुमान छ ।
चालु आर्थिक वर्षमा धानको उत्पादन ४.३३ प्रतिशतले वृद्धि भई जम्मा उत्पादन ५७ लाख २४ हजार २ सय ३४ मेट्रिक टन पुगेको छ, जुन गत चार वर्षको औसत उत्पादनको तुलनामा ५.०८ प्रतिशतले बढी हो । धानबालीको औसत उत्पादकत्व गत आर्थिक वर्षको तुलनामा ४.९७ प्रतिशतले वृद्धि भई ३.९८ प्रतिशत पुगेको छ, जुन गत चार वर्षको औसत उत्पादकत्व भन्दा ६.९२ प्रतिशतले बढी हो ।
चालु आर्थिक वर्ष २०८०/८१ मा कुल बाली उत्पादनको परिमाणमा खाद्यान्न बालीको अंश ४४.६१ प्रतिशत, तरकारी १७.२४ प्रतिशत, नगदेबाली १५.४२ प्रतिशत, औद्योगिक बाली १२.९९ प्रतिशत, फलफूल ६.०३ प्रतिशत र अन्यको ३.७१ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्ष कुल बाली उत्पादनको परिमाणमा खाद्यान्न बालीको अंश ४४.२८ प्रतिशत, तरकारी १७.७७ प्रतिशत, नगदेबाली १५.२ प्रतिशत, औद्योगिक बाली १२.८६ प्रतिशत, फलफूल ६.२ प्रतिशत र अन्यको ३.६९ प्रतिशत रहेको थियो ।
चालु आर्थिक वर्षको फागुनसम्म ३ हजार ५०० मेट्रिक टन मह उत्पादन भएको अनुमान छ । गत आर्थिक वर्ष ४ हजार ३०० मेट्रिक टन मह उत्पादन भएको थियो । चालु आर्थिक वर्षको अन्त्यसम्म मह उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले वृद्धि भई ४ हजार ३८० मेट्रिक टन पुग्ने अनुमान छ ।
हाल देशभरी करिब १६ हजार ५ सय किसानहरूले मेलिफेरा र सेरेना जातको मौरीपालन व्यावसायिक रूपमा गरिरहेका छन् । देशभर रहेका ३ लाख ५० हजार मौरीगोलामा सरदर प्रति गोला एपिस मेलिफेरामा ३० देखि ३५ किलोग्राम र एपिस सेरेनामा ८ देखि १५ किलोग्रामको दरले मह उत्पादन भएको छ ।
चालु आर्थिक वर्ष कृषि बाली लगाइएको क्षेत्रफलमध्ये खाद्यान्न बाली लगाइएको क्षेत्रफलको हिस्सा उच्च रहेको छ । गत आर्थिक वर्षको तुलनामा तरकारी बालीको हिस्सामा केहि वृद्धि भएको छ भने खाद्यान्न बालीको हिस्सामा सामान्य कमी आएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण