आर्थिक सर्वेक्षण : सबै बालीको उत्पादन बढ्ने अनुमान

काठमाडौँ । चालु आर्थिक वर्ष सबै बालीको उत्पादन बढ्ने अनुमान गरिएको छ । आर्थिक सर्वेक्षण २०८०/०८१ मा धान, गहुँ, मकैलगायत खाद्यान्न बालीको उत्पादन ४.३६ प्रतिशत तथा नगदेबालीका रूपमा रहेका आलु र तेलहन बालीको उत्पादन ५.०७ प्रतिशतले बढ्ने अनुमान छ ।
यस्तै, औद्योगिक बालीको उत्पादन ४.६३ प्रतिशत, दलहन बाली ४.७९ प्रतिशत, मसलाबाली ३.७४ प्रतिशत, फलफूल बाली ०.६७ प्रतिशत र तरकारी ०.५२ प्रतिशतले वृद्धि हुने अनुमान छ ।
चालु आर्थिक वर्षमा धानको उत्पादन ४.३३ प्रतिशतले वृद्धि भई जम्मा उत्पादन ५७ लाख २४ हजार २ सय ३४ मेट्रिक टन पुगेको छ, जुन गत चार वर्षको औसत उत्पादनको तुलनामा ५.०८ प्रतिशतले बढी हो । धानबालीको औसत उत्पादकत्व गत आर्थिक वर्षको तुलनामा ४.९७ प्रतिशतले वृद्धि भई ३.९८ प्रतिशत पुगेको छ, जुन गत चार वर्षको औसत उत्पादकत्व भन्दा ६.९२ प्रतिशतले बढी हो ।
चालु आर्थिक वर्ष २०८०/८१ मा कुल बाली उत्पादनको परिमाणमा खाद्यान्न बालीको अंश ४४.६१ प्रतिशत, तरकारी १७.२४ प्रतिशत, नगदेबाली १५.४२ प्रतिशत, औद्योगिक बाली १२.९९ प्रतिशत, फलफूल ६.०३ प्रतिशत र अन्यको ३.७१ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्ष कुल बाली उत्पादनको परिमाणमा खाद्यान्न बालीको अंश ४४.२८ प्रतिशत, तरकारी १७.७७ प्रतिशत, नगदेबाली १५.२ प्रतिशत, औद्योगिक बाली १२.८६ प्रतिशत, फलफूल ६.२ प्रतिशत र अन्यको ३.६९ प्रतिशत रहेको थियो ।
चालु आर्थिक वर्षको फागुनसम्म ३ हजार ५०० मेट्रिक टन मह उत्पादन भएको अनुमान छ । गत आर्थिक वर्ष ४ हजार ३०० मेट्रिक टन मह उत्पादन भएको थियो । चालु आर्थिक वर्षको अन्त्यसम्म मह उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले वृद्धि भई ४ हजार ३८० मेट्रिक टन पुग्ने अनुमान छ ।
हाल देशभरी करिब १६ हजार ५ सय किसानहरूले मेलिफेरा र सेरेना जातको मौरीपालन व्यावसायिक रूपमा गरिरहेका छन् । देशभर रहेका ३ लाख ५० हजार मौरीगोलामा सरदर प्रति गोला एपिस मेलिफेरामा ३० देखि ३५ किलोग्राम र एपिस सेरेनामा ८ देखि १५ किलोग्रामको दरले मह उत्पादन भएको छ ।
चालु आर्थिक वर्ष कृषि बाली लगाइएको क्षेत्रफलमध्ये खाद्यान्न बाली लगाइएको क्षेत्रफलको हिस्सा उच्च रहेको छ । गत आर्थिक वर्षको तुलनामा तरकारी बालीको हिस्सामा केहि वृद्धि भएको छ भने खाद्यान्न बालीको हिस्सामा सामान्य कमी आएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न