सिरोहिया पक्राउ घटना : आलोचनापछि महजोडीले मागे माफी
काठमाडौंँ । वरिष्ठ हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको घटनामा आफूले दिएको अभिव्यक्ति प्रति माफी मागेका छन् । आफूहरूले दिएको अभिव्यक्ति भुलवश भएको भन्दै मह जोडीले माफी मागेका हुन् ।
उक्त अभिव्यक्तिको कारण सामाजिक सञ्जालमा गालीको वर्षा भएपछि उनीहरूले माफी सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै माफी मागेका हुन् । ‘हामी ब्रिक्स क्याफेमा बसेर अस्ट्रेलिया आउने विषयमा गम्भीर रूपमा छलफल गर्दै थियौँ । त्यही बेला त्योभन्दा गम्भीर विषयमा, अदालतमा विचाराधीन विषयमा थुप्रै पत्रकारहरू बसेर छलफल गर्नु भएको रहेछ,’ मदन कृष्ण श्रेष्ठले भने ‘एउटा मुडमा बसेको समय अपर्झट बोल्ने प्रस्ताव आयो । हामी पनि के बोल्ने भनेर अकमकियौँ ।’ त्यसरी अपर्झट बोल्दा हामीबाट त्रुटि हुन गएको महसुस भएको श्रेष्ठको भनाई छ ।
‘अदालतमा विचाराधीन विषयमा हामीले नबोलेको भए हुन्थ्यो’, हरिवंशले थपे, ‘हामीबाट त्रुटि भयो । त्यसका लागि हामीलाई यत्रो वर्ष आफ्नो सम्झेर माया गरिदिनुभयो ।’ यो पटक पनि सबै कुरा बिर्सिदिएर आफूहरूलाई माफ गर्दिन समेत हरिवंशले अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण