पपुआ न्यु गिनीमा दुई हजार जनाभन्दा बढी पहिरोमा पुरिए

पोर्ट मोरेस्बी । शुक्रबार गएको पहिरोमा २ हजारभन्दा धेरै मानिसहरू पुरिएको पपुआ न्यु गिनीले सोमबार संयुक्त राष्ट्रसंघलाई जानकारी दिएको छ । ‘पहिरोमा २ हजारभन्दा धेरै जीवितै पुरिएका छन् । यसले व्यापक क्षति गरेको छ ।’
त्यहाँको राष्ट्रिय विपद् केन्द्रले राजधानी पोर्ट मोरेस्बीमा रहेको संयुक्त राष्ट्रसंघको कार्यालयलाई जानकारी दिएको हो । शुक्रवार बिहान मुंगालो पहाडको एक टुक्रो खस्दा एन्गा प्रान्तको गाउँ पूरै पुरिएको थियो ।
त्यतिबेला मानिसहरू घर भित्र सुतिरहेकोले पनि ठुलो सङ्ख्यामा पहिरोमा पुरिएको बताइएको छ । पहिरोले घर र बारी सबै पुरिएको बताइएको छ । पोर्गेरा खानीमा जाने मुख्य राजमार्ग पनि पूरै बन्द भएको छ । पहाडबाट अलि अलि गर्दै माटो खस्ने क्रम जारी रहेकोले उद्धार कार्यमा वाधा उत्पन्न भएको छ । यसले उद्धारकर्मीहरूको ज्यान पनि धरापमा परेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नहर बनाएर बाढी नियन्त्रण
-
रास्वपा र एकीकृत समाजवादीलाई जितजंगले भने– पहिले आफूले सिकेर मात्रै अरूलाई नैतिकता सिकाउनू
-
प्रभु साहको प्रश्नः जनताले तिरेको कर नेताको भुँडी भर्न हो ?
-
इरानद्वारा इजरायली अस्पतालमा क्षेप्यास्त्र आक्रमण
-
दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि
-
तस्बिरमा संसद् बैठक : राप्रपाको बहिष्कारदेखि रास्वपाको पलेँटी कसेर विरोधसम्म