पपुआ न्यु गिनीमा दुई हजार जनाभन्दा बढी पहिरोमा पुरिए
पोर्ट मोरेस्बी । शुक्रबार गएको पहिरोमा २ हजारभन्दा धेरै मानिसहरू पुरिएको पपुआ न्यु गिनीले सोमबार संयुक्त राष्ट्रसंघलाई जानकारी दिएको छ । ‘पहिरोमा २ हजारभन्दा धेरै जीवितै पुरिएका छन् । यसले व्यापक क्षति गरेको छ ।’
त्यहाँको राष्ट्रिय विपद् केन्द्रले राजधानी पोर्ट मोरेस्बीमा रहेको संयुक्त राष्ट्रसंघको कार्यालयलाई जानकारी दिएको हो । शुक्रवार बिहान मुंगालो पहाडको एक टुक्रो खस्दा एन्गा प्रान्तको गाउँ पूरै पुरिएको थियो ।
त्यतिबेला मानिसहरू घर भित्र सुतिरहेकोले पनि ठुलो सङ्ख्यामा पहिरोमा पुरिएको बताइएको छ । पहिरोले घर र बारी सबै पुरिएको बताइएको छ । पोर्गेरा खानीमा जाने मुख्य राजमार्ग पनि पूरै बन्द भएको छ । पहाडबाट अलि अलि गर्दै माटो खस्ने क्रम जारी रहेकोले उद्धार कार्यमा वाधा उत्पन्न भएको छ । यसले उद्धारकर्मीहरूको ज्यान पनि धरापमा परेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण