रेमल चक्रवातका कारण भारतमा एक जनाको मृत्यु
नयाँ दिल्ली । भारतमा रेमल चक्रवातको असर कम हुन थालेको छ । नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ)का डीआईजी मोहसिन शाहिदीले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार चक्रवात गम्भीर श्रेणीबाट बाहिर आएको हो ।
‘पहिले ११० देखि १२० किलोमिटर प्रतिघण्टा रहेको आँधीको गति अहिले घटेर ६० देखि ७० किलोमिटर प्रतिघण्टा पुगेको छ, यो ठुलो राहत हो । आज साँझसम्म यसको प्रभाव अझै कम हुने अपेक्षा गरिएको छ,’ शहिदीले भनेका छन् ।
रेमल चक्रवातका कारण कोलकातामा पर्खाल भत्किँदा एक जनाको ज्यान गएको घटना सार्वजनिक भएको छ । पश्चिम बंगालका प्रमुख क्षेत्रहरूमा एनडीआरएफको १४ टोली तैनाथ गरिएको छ र एसडीआरएफको छ टोली पनि तिनीहरूलाई सहयोग गर्न तैनाथ गरिएको छ ।
पश्चिम बंगाल बाहेक त्रिपुरामा पनि सावधानीका रूपमा एउटा टोली तैनाथ गरिएको बताइएको छ । रेमाल चक्रवात आइतबार राति बंगलादेश र पश्चिम बंगालको तटीय क्षेत्रमा पुगेको छ । भारतीय मौसम विभागले पश्चिम बंगाल र उत्तरपूर्वी राज्यहरूमा भारी वर्षाको चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण