सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय
समाचार

समितिमा सहमति नभए बजेटमा पनि अवरोध : कांग्रेस

सोमबार, १४ जेठ २०८१, १६ : ५९
सोमबार, १४ जेठ २०८१

काठमाडौँ । सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन गर्ने विषयमा सहमति नजुटे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट भाषणका दौरान पनि संसद्मा अवरोध जारी राख्ने भएको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सो निर्णय गरेको हो ।

बैठकबारे जानकारी दिँदै प्रकाशशरण महतले संसदीय छानबिन समितिबारे कांग्रेसको अडान यथावत् रहेको र त्यो पूरा नभए पनि संसद्मा अवरोध जारी राख्ने बताए । बजेट पेस गर्नका लागि मंगलबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । 

उनले आजको बैठक बिहान प्रधानमन्त्रीसहित शीर्ष नेता र कार्यदलको बैठकमा भएको छलफलमा केन्द्रित भएको जानकारी दिए । ‘छानबिन समितिको कार्यादेश तय गर्दा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख हुनुपर्ने हाम्रो अडान यथावत् छ । नामै राख्न सत्तापक्ष तयार नहुने स्थितिमा सहकारीको रकम अपचलनमा लामिछानेको संलग्नता खुल्ने गरी आउनुभयो भने ठिकै छ, त्यसरी आउनुभएन सहमति गर्न सकिँदैन । भोलि पनि हाम्रो अवरोध जारी रहन्छ ।’

महतले आजै प्रधानमन्त्रीसँग छलफल गर्न नेताहरू बालुवाटार जाने पनि जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप