भैँसेपाटीस्थित मन्त्री क्वाटर निर्माण साउनभित्र सकिने
काठमाडौँ । ललितपुरको भैँसेपाटीस्थित मन्त्री क्वाटर निर्माण आगामी साउनभित्र सकिने भएको छ । मन्त्री क्वाटरभित्रको अन्तिम चरणको काम सकिने अवस्था रहेको र साउनभित्रमा पुल्चोकस्थित क्वाटरमा रहेका मन्त्रीहरूलाई भैसेपार्टीस्थित नयाँ भवनमा सार्ने गरी अन्तिम चरणको काम भइरहेको छ ।
नयाँ मन्त्री क्वाटरको सोमवार अनुगमन गर्दै सहरी विकास मन्त्री धनबहादुर बुढाले साउनभित्रमा पुल्चोक मन्त्री क्वाटरलाई भैसेपाटीमा सारिने जानकारी दिए ।
मन्त्रालयका सचिव मणिराम गेलाल, भवन विभागका डिजी कुमार घिमिरे, सहसचिवहरु पदमकुमार मैनाली, चक्रवर्ती कण्ठ सहित भैसेपाटी पुगेका मन्त्री बुढाले मन्त्री क्वाटरको पछिल्लो प्रगतिबारे जानकारी लिनुभएको थियो ।
मन्त्री बुढाले यही साउनभित्रमा मन्त्रीज्यूहरूलाई सार्ने गरी निर्माणको काम सक्न निर्देशन दिएका थिए । धेरैजसो काम सकिए पनि बाहिरी संरचना र क्वाटरभित्र साजसज्जा गर्ने काम भइरहेको अनुगमनको क्रममा पाएकाले साउन महिनाभित्र हस्तान्तरण गर्न मन्त्री बुढाले निर्माण कम्पनीलाई समेत निर्देशन दिएका थिए ।मन्त्री बुढाले वनमन्त्री नबल किशोर साह र स्वास्थ्य मन्त्री प्रदीप यादवलाई समेत नयाँ क्वाटर हेर्न बोलाएका थिए ।
भैंसेपाटीमा मन्त्रीहरूका लागि २४ वटा र राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखका लागि क्वाटर निर्माण भइरहेको छ। प्रत्येक ११ आनामा एक जना मन्त्रीका लागि क्वाटर निर्माण गरिएको छ । जसअन्तर्गत ८ आनामा भवन निर्माण गरिएको छ । राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखका लागि भने आवास क्षेत्रफल बढाइएको विभागका महानिर्देशक कुमार घिमिरेले बताए ।
सहरी विकास मन्त्रालय अन्तर्गतको भवन विभागले मन्त्री क्वाटरसँगै अन्य संरचना पनि तयार गर्दैछ। हेलिप्याड, स्विमिङ पुल, ग्रोसरी भवन, सुरक्षाका लागि बस्ने प्रहरीका लागि ३ वटा ब्लक भवन, फाउन्टेनसँगको बगैँचा बनाउने काम अन्तिम चरणमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा निर्वाचनपछि ५ पार्टीका अध्यक्ष एउटै मञ्चमा
-
दुई सुरक्षा निकायका एआईजीले सुरक्षा व्यवस्थापनको मनिटर गर्ने
-
दीपक बोहराले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
-
रास्वपाको ऐतिहासिक महाधिवेशनः आज के–के हुँदै छ ? [LIVE UPDATES]
-
बेलायती प्रधानमन्त्रीले राजीनामा दिने चर्चा
-
बाँदरकै बारेमा विद्यावारिधि गरेका विज्ञलाई प्रश्न– नेपालमा बाँदर नियन्त्रणका लागि के गर्न सकिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण