सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

कांग्रेसले बोलायो संसदीय दलको बैठक

सोमबार, १४ जेठ २०८१, १९ : २५
सोमबार, १४ जेठ २०८१

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको संसदीय दलको बैठक बोलाएको छ । बैठक मंगलबार बिहान १० बजे संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्नेछ ।

सरकारले मंगलबार नै आर्थिक वर्ष २०८१/८२ का लागि बजेट पेस गर्ने कार्यसूची रहेको छ । संसद् बैठक १ बजेका लागि आह्वान गरिएको छ । 

सहकारी ठगीको विषयमा छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले लामो समयदेखि संसद् बैठकमा अवरोध गर्दै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप