एसबीआई र क्लियरिङ हाउसबिच सीमापार भुक्तानीबारे सम्झौता
काठमाडौँ । नेपाल एसबीआई बैंक लिमिटेडले नेपाल र भारतबिचको सीमापार भुक्तानीलाई सहज बनाउन नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको छ ।
यस सम्झौताले नेपालमा बसोबास गर्ने भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकले तोकेको सीमामा रहेर नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) को माध्यमबाट नेपाल एसबीआई बैंक लिमिटेडमा रहेको आफ्नो बैंक खाताबाट भारतमा रहेको आफ्नो बैंक खातामा सीधै रकम स्थानान्तरण गर्न सक्नेछन् । त्यसै गरी, भारतमा बसोबास गर्ने नेपाली नागरिकहरूले पनि यूनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) को माध्यमबाट नेपालमा रहेको आफ्नो बैंक खाताहरूमा सिधै रकम स्थानान्तरण गर्न सक्नेछन् ।
उक्त सम्झौता पत्र बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण