कार्यादेशलाई अन्तिम रूप दिन कार्यदलको बैठक बस्दै

काठमाडौँ । सहकारीको रकम हिनामिना र अपचलनबारे गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशलाई अन्तिम रूप दिन आज पनि कार्यदलको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ प्रधानमन्त्रीसहित कार्यदल सदस्य र कांग्रेस नेताहरूबिचको छलफलमा समितिको कार्यादेशमा लगभग सहमति बनेको तर अन्तिम रूप दिन बाँकी रहेको कानुन मन्त्री पदम गिरीले बताए ।
उनका अनुसार आज बिहान ११ बजे बस्ने कार्यदलको बैठकले सहमतिलाई अन्तिम रूप दिने छ । मन्त्री गिरीले कार्यादेशलाई अन्तिम रूप दिएर हस्ताक्षर गरेपछि आजबाटै संसद्को अवरोध समेत खुल्ने बताए । कांग्रेस नेताहरूले पनि कार्यादेशबारे आज सहमति जुट्ने विश्वास व्यक्त गर्दै आएका छन् ।
गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाउँदै नेपाली काँग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो । समिति गठन गर्न दलहरू यसअघि नै सहमत भए पनि समितिको टीओआर के हुने भन्नेमा विवाद थियो ।
समितिको कार्यादेशमा रवि लामिछाने र उनी सम्बद्ध कम्पनीको नाम समेत लेख्नुपर्ने अडान कांग्रेसको थियो भने सत्तापक्षले त्यसमा विमति राख्दै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्फाको साधारणसभामा गणेश थापालाई प्रवेश गर्न नदिएपछि झडप
-
दाइजोप्रथा अन्त्यका लागि कानुन बनाएर तत्काल कार्यान्वयन गर्नुपर्छ : मीना यादव
-
‘चीन–रसिया सहकार्यले अन्तर्राष्ट्रिय न्यायको रक्षा गर्ने’
-
देवानगञ्ज : कृषि क्रान्तिको भूमि, जहाँ एक कट्ठा जमिन पनि छैन बाँझो
-
तरकारीको गाडीबाट प्रहरीले पैसा उठाएको गुनासो आएको छ
-
दुई पूर्वविजेता इङ्लिस क्लब म्यान युनाइटेड र टोट्टनहामबिच उपाधि भिडन्त