बजेटबारे लिङ्देनले भने– सीता दाहाल र प्रधानमन्त्री छोरी कार्यक्रम बाहेक अरु पुरानै
मङ्गलबार, १५ जेठ २०८१, १८ : ०३
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटले आशा जगाउन नसकेको टिप्पणी गरेका छन् ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदमा बजेट प्रस्तुत गरेपछि अध्यक्ष लिङ्देनले बजेट सधैँझैँ अनुदान, अनुमान र ऋणमा आधारित रहेको टिप्पणी गरेका हुन् ।
उनले पुँजीगत र चालु खर्चको अन्तर नघटेको, खर्च गर्ने क्षमताको अभाव कायमै रहेको बताएका छन् । सीता दाहाल नेच्युरोपेथी कलेज स्थापना र प्रधानमन्त्री छोरी कार्यक्रम बाहेक अधिकांश पुरानै कार्यक्रमहरूको निरन्तरता पाएको उनले उल्लेख गरेका छन् ।
बजेट परम्पराको निर्वाह र कार्यान्वयनमा जटिलता हुने उनले उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण