अनन्त–राधिकाको दोस्रो प्रि-वेडिङ समारोह आजदेखि : बजेट ५ सय करोड भारु
मुम्बई । भारतका सबैभन्दा धनी व्यापारी मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको दोस्रो प्रि-वेडिङ समारोह आजदेखि सुरु हुँदैछ । चार दिनसम्म चल्ने यो कार्यक्रम पाहुनाहरूको स्वागत दिवा भोजबाट सुरु हुनेछ ।
यो कार्यक्रम इटालीको पार्लेमो सहरमा चल्नेछ। त्यसपछि, सबै पाहुनाहरू क्रुजमा चढ्नेछन् र क्रुजमा स्टाररी नाइट मनाइनेछ।
यो दोस्रो प्रि-वेडिङ समारोह हुने क्रुजको नाम ‘सेलिब्रेटी एसेन्ट’ हो । यो मे २९ मा इटालीको पालेर्मो बन्दरगाहबाट प्रस्थान गरी ४३८० किलोमिटरको यात्रा गरी दक्षिणी फ्रान्स पुग्नेछ ।
उक्त समारोहमा सहभागी हुन अम्बानीका परिवारका सदस्य, परिवारका साथीभाइ र भारत तथा विदेशबाट सेलिब्रेटीहरू इटाली पुगेका छन् । लगभग ३ सय भीआईपी अतिथिहरू यो समारोहमा उपस्थित हुनेछन्।
यस कार्यक्रममा सहभागी हुन भारतबाट धेरै बलिउड सेलिब्रेटीहरू इटाली प्रस्थान गरेका छन् । यस सूचीमा शाहरुख खान, सलमान खान, रणवीर सिंह, रणवीर कपुर र आलिया भट्टजस्ता कलाकारको नाम समावेश छ।
यो उत्सवको कूल बजेट ४०० देखि ५०० करोड भारतीय रुपैयाँ छ। अनन्त-राधिकाको विवाह जुलाईमा हुने भएकाले तीनवटै समारोह (पहिलो, दोस्रो प्रि-वेडिङ र बिहे)को खर्च हेर्दा १५ सय करोड रुपैयाँ बजेट आउनेछ ।
यसअघि मुकेश अम्बानीकी छोरी ईशाको विवाहमा ४०० करोड भारतीय रुपैयाँ खर्च भएको थियो । ईशाले विवाहमा ९० करोडको लेहेंगा लगाएकी थिइन् ।
अर्कोतर्फ, बलिउडको कुरा गर्ने हो भने दीपिका पादुकोण, प्रियंका चोपडा र अनुष्का शर्माको विवाहको कुल बजेट ९० देखि १०० करोड रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण