समलिङ्गी पुरुषहरूप्रति अपमानजनक भाषा प्रयोग गरेकोमा पोपले मागे माफी
भ्याटिकन । पोप फ्रान्सिसले समलिङ्गी पुरुषहरूप्रति अपमानजनक भाषा प्रयोग गरेको रिपोर्ट आएपछि माफी मागेका छन् । भ्याटिकनले जारी गरेको एक विज्ञप्तिमा पोपले कसैलाई ठेस पुर्याउने मनसाय नभएको र ‘उनको शब्द प्रयोगबाट दुखित भएकाहरू’ सँग माफी मागेको बताइएको छ।
इटालियन विशप सम्मेलनमा पोपले समलिङ्गी व्यक्तिहरूलाई पादरी बन्नको लागि तालिम दिनु नहुने बताएका थिए । यो भनिरहँदा उनले समलिङ्गीका लागि ‘फ्रोसियाजिन’ शब्द प्रयोग गरे जुन निकै अपमानजनक शब्द हो ।
यो एक निजी बैठक थियो तर उनको बयान व्यापक रूपमा रिपोर्ट गरिएको थियो। पोपको टिप्पणीमा विवाद भएपछि, क्याथोलिक चर्चको परिचालक निकाय होली सीका निर्देशक म्याटियो ब्रुनीले एक विज्ञप्तिमा भने, ‘पोप फ्रान्सिसले बन्द ढोका पछाडि विशपहरूसँगको कुराकानीको बारेमा हालै प्रकाशित लेखहरू बारे सचेत हुनुहुन्छ।’
पोपको कथित टिप्पणीहरू पहिले इटालियन ट्याब्लोइड वेबसाइट डागोस्पियाद्वारा रिपोर्ट गरिएको थियो । चाँडै अन्य इटालियन समाचार एजेन्सीहरूले यसको पुष्टि गरे।
रिपोर्टमा पोपले प्रयोग गरेको भाषा अचम्मको थियो किनभने पोप फ्रान्सिसले प्राय: सार्वजनिक रूपमा समलिङ्गी व्यक्तिहरूलाई सम्मान गर्ने कुरा गर्दै आएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण