अवनीत कौरले गरिन् इन्गेजमेन्ट !
बुधबार, १६ जेठ २०८१, १० : ५४
नयाँ दिल्ली । बलिउड अभिनेत्री अवनीत कौर प्रायः हेडलाइनमा छाइरहन्छिन् । हालै अभिनेत्री कान्स फिल्म फेष्टिवलमा देखिएकी थिइन् ।
उनको कान्स लूक र ड्रेसको निकै तारिफ भएको थियो । यतिबेला अवनीतको अर्को तस्वीर सामाजिक सञ्जलामा भाइरल भइरहेको छ । फोटोमा अवनीतले साहिली औंलामा औठी लगाएकी छिन् ।
मंगलबार इन्ष्टाग्राममा शेयर गरेको तस्वीरमा अवनीत गुलाबी ड्रेस देखिएकी छिन् । अभिनेत्रीको औंलामा औठी देखेपछि उनले इन्गेजमेन्ट गरेको अनुमान बढिरहेको छ ।
‘राम्रो चिजका लागि समय लाग्छ । यो मिलनबारे सारा संसारलाई बताउन अति नै उत्सुक छु,’ भनेर पोष्टमा लेखेकी छिन् । यो पोष्ट केही क्षणमा भाइरल भएको थियो ।
उनको यो पोष्टमा फ्यानहरुले अनेकौं प्रश्न गरिरहेका छन् । धेरैको चासो अभिनेत्रीले इन्गेजमेन्ट गरेको हो कि भन्नेमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण