काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट पछिल्लो समय मापसे ( मादक पदार्थ सेवन) लगायत ट्राफिक नियम उल्लंघन गरी सवारी चलाएको अवस्थामा समातिएका चालकलाई सडकमा स्वयंसेवकको रूपमा खटाउन थालिएको छ । गणतन्त्र दिवसको अवसरमा गृहमन्त्री रवि लामिछानेले सो घोषणा गरेका थिए ।
_1iwPeHsqG8.jpg)
तर उनीहरूको काम सडक छेउमा घाममा उभिनु बाहेक केही छैन । विभिन्न चोकमा यसरी खटाइएको भए पनि उनीहरूले न त ट्राफिक प्रहरीलाई सघाएका देखिन्थे न उनीहरूले गर्दा सवारी आवागमनमा कुनै सहजता नै भइरहेको थियो ।
_Hol2YSJH9c.jpg)
‘बग्गीखानामा क्लास लिएपछि हामीलाई सडक छेउमा लगियो । एक घण्टा भन्दा बढी घाममा उभिइयो, गाडी आएको-गएको हेर्नेबाहेक केही पनि काम भएन । अफिस जान पनि ढिला भयो,’ स्वयंसेवकका रुपमा खटाइएका एक चालकले भने ।
_dssomZWY6G.jpg)
सडकमा उतारिएका एकाध स्वयंसेवक बाहेक अन्यले भने उभिनेबाहेक केही काम गर्न सकेका थिएनन् । केही भने ट्राफिकसँगै गफ गर्दै बसेका देखिन्छन् ।
_Xh188Duxrv.jpg)
_PexM8XZUM6.jpg)
_d9tEQL8lNE.jpg)
_CIcrZLf7sX.jpg)
_1o0FTdLIPn.jpg)
_nRDMtSEGVZ.jpg)
_bMdPEiyR56.jpg)
_brqzrHcYLb.jpg)
_VSYQW6ZRiL.jpg)
_OLVoJACa5C.jpg)
_zskVziJIZp.jpg)
_oOfJ0Jibxo.jpg)
_nPqSV8MSeO.jpg)
२ प्रतिक्रिया