बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

पश्चिमी देशलाई पुटिनको चेतावनी : युक्रेनलाई हतियार सहयोग गरे नतिजा राम्रो हुँदैन

बुधबार, १६ जेठ २०८१, १३ : ३८
बुधबार, १६ जेठ २०८१

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई सहयोग नगर्न पश्चिमी देशलाई चेतावनी दिएका छन् । पश्चिमी देशले युक्रेनलाई रुसमाथि आक्रमण गर्न आफ्नो हतियार प्रयोग गर्न अनुमति दियो भने यसको परिणाम नराम्रो हुने उनको भनाइ छ । 

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनमा रुसको आक्रमण निस्तेज पार्न युरोपेली देशहरूले युक्रेनलाई सहयोग गर्नुपर्ने बताएका थिए । उनको यो अभिव्यक्तिपछि पुटिनको यस्तो चेतावनी आएको हो ।

नेटोका केही सदस्य र गठबन्धन प्रमुख जेन्स स्टोल्टनबर्गले युक्रेनलाई रुसी भूमिमा आक्रमण गर्न आफ्नो हतियार प्रयोग गर्न अनुमति दिएका थिए । यस कदमलाई पुटिनले यूरोपेली देशहरुले आगोसँग खेलिरेको रुपमा अथ्र्याएका छन् । रुस र युक्रेनबीच दुई वर्षभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ ।

‘नतिजा गम्भीर हुनेछ । युरोपका स–साना देशहरूले यी सबै कुराको जानकारी हुनु पर्छ कि उनीहरू कोसँग खेलिरहेका छ ।’ उज्बेकिस्तानको भ्रमणका क्रममा पुटिनले पश्चिमी देशहरूलाई चेतावनी दिँदै भनेका छन् । कयौं युरोपेली देशहरूमा सानो क्षेत्रमा बाक्लो बस्ती छ । ‘रुसी भुभागमा हमला गर्नु अघि यो कुरालाई ध्यानमा राख्नु पर्छ । यो गम्भीर कुरा हो ।’ पुटिनले भनेका छन् ।

  • रुसमाथि हमलाको जिम्मेवार पश्चिमी देशहरू हुनेछन्

युक्रेनले आक्रमण गरे पनि हतियार आपूर्ति गर्ने पश्चिमी देशहरू त्यसको जिम्मेवार हुने पुटिनको भनाइ छ । पश्चिमी सैन्य प्रशिक्षकहरू पहिला देखि नै युक्रेनमा गोप्य रूपमा काम गरिरहेको आरोप रुसले लगाउँदै आएको छ । 

युक्रेनको शीर्ष कमाण्डरले सोमबार फ्रान्ससँगको कुराकानीमा देशमा सैन्य प्रशिक्षक पठाउने विषयमा वार्ता जारी रहेको बताएको थियो । ‘हामीलाई जे ठीक लाग्छ त्यही गर्छौ, युक्रेनको भूमिमा जो सुकै होस् ।’ पुटिनको भनाइ छ ।

युक्रेनमा सैन्य प्रशिक्षक पठाउने प्रस्तावलाई लिएर युरोपेली देशहरू विभाजित रहेको ईयूका विदेश मामिला प्रमुखले ब्रसेल्समा ईयूका रक्षा मन्त्रीहरूसँगको बैठक पछि भनेका थिए । जर्मनीलगायत धेरै देशले यो कदमको विरोध गरिरहेका छन् । यो कदमका कारण रुससँग प्रत्यक्ष द्वन्द्वमा हुने डर यी देशलाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप