सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम जेठ २० मा ल्याउने
बिहीबार, १७ जेठ २०८१, ०९ : ०६

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले जेठ २० गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । मुख्यमन्त्री सोडारीले आइतबार प्रदेश सभामा सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयक २०८१ को प्राथमिकता र सिद्धान्तहरू प्रस्तुत गरेका छन् ।
हाल सो विधेयक उपर छलफल चलाउन खोजिएको छ । तर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टी (रेशम पक्ष)ले निरन्तर प्रदेश सभा बैठक बहिष्कार गर्दै आएको छ ।
यसैबिच जेठ २० सरकारका आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने तयारी भएको र सोही बमोजिम बैठक आह्वान गरिएको सभामुख भीम बहादुर भण्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार दिनदेखि बेलबारीका चार बालिका बेपत्ता
-
समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ
-
भिजिट भिसा : राज्यमाथिको विश्वास टुट्दै जानु खतरनाक संकेत हो
-
फाइनलमा पुग्ने लक्ष्यसहित पहिलो पटक प्ले–अफ चरणमा भिड्दै पञ्जाब र मुम्बई
-
भिजिट भिसालाई सूक्ष्म अनुसन्धान गर्ने हो भने ठुलो उथलपुथल हुन्छ
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य