मलेसियामा २ अर्ब डलर खर्चेर डेटा सेन्टर बनाउँदै छ गुगल
क्वालालम्पुर । अमेरिकी बहुराष्ट्रिय सर्च इन्जिन कम्पनी गुगलले मलेसियामा २ अर्ब डलर लगानी गर्ने भएको छ । कम्पनीले त्यहाँ आफ्नो पहिलो डेटा सेन्टर र क्लाउड रिजन बनाउँदै छ । एआई र क्लाउड सेवाको माग बढिरहँदा कम्पनीले बिहीबार सो लगानीको घोषणा गरेको छ । सो लगानी मलेसिया सरकारसँगको सहकार्यमा गर्न लागिएको बताइएको छ । यो मलेसियामा कम्पनीले गर्न लागेको सबैभन्दा ठुलो लगानी हुनेछ ।
सो डेटा सेन्टरले गुगलको सर्च, म्याप्स र वर्कस्पेस जस्ता डिजिटल सेवालाई चलाउने बताइएको छ । कम्पनीले त्यहाँ विद्यार्थी र शिक्षकका लागि दुई वटा एआई साक्षर कार्यक्रम पनि सुरु गरेको छ । गुगलको सो लगानीले मलेसियामा साढे २६ हजार रोजगारी सृजना गर्ने र त्यहाँको जीडीपीमा सन् २०३० देखि ३ अर्ब २० करोड डलरको योगदान दिने आशा गरिएको छ । मलेसियामा गुगल १३ वर्ष अघि छिरेको थियो ।
यही महिनाको सुरुमा अमेरिकी बहुराष्ट्रिय सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्टले पनि मलेसियामा नयाँ क्लाउड र एआई पूर्वाधारमा २ अर्ब २० करोड डलर लगानी गर्ने घोषणा गरेको थियो । पछिल्लो समय माग बढ्न थालेपछि गुगल र माइक्रोसफ्टले दक्षिण पूर्वी एसियामा लगानी बढाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण