सरकारका मन्त्रीहरू पद जोगाउन व्यस्त छन् : सांसद खड्का
हेटौँडा । बागमती प्रदेशसभा सदस्य श्याम खड्काले सरकार र सरकारमा रहेका मन्त्रीहरूले नीति निर्माणमा भन्दा पद जोगाउनमा ध्यान दिने गरेको बताएका छन् । मन्त्रीहरू विषयगत क्षेत्रमा नीति निर्माण गरेर प्रदेशको समृद्धिका योजना निर्माणमा अग्रसर हुनुपर्नेमा पद जोगाउन व्यस्त रहेको उनले टिप्पणी गरे ।
बिहीबार बसेको प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै सांसद खड्काले सरकारको नीति र कार्यक्रमसँग बजेट अनुकूल हुन नसकेको बताए । ठोस नीति अनुसारको कार्यक्रम अनुसारको बजेट तर्जुमा गर्नुपर्नेमा उनले जोड दिए ।
सरकारले लिएको नीति र कार्यक्रम नागरिक लक्षित हुन नसकेको उनले बताए । विषयगत क्षेत्रमा सरकारले ५ वर्षे नीति लिएर काम गर्नुपर्ने उनको भनाई छ । नीति नबनाई सरकारले आवश्यकताविहीन क्षेत्रमा बजेट लगानी गरिरहेको उनको भनाइ छ ।
उनका अनुसार कृषि क्षेत्रको विकासका लागि सरकारको नीति तथा कार्यक्रममा वैज्ञानिक, व्यावसायिक तथा प्रविधियुक्त भनियो । तर, कृषि क्षेत्रको विकासमा स्पष्ट नीति नहुँदा उपलब्धि हासिल हुन सकेको छैन । सरकारले शिक्षा स्वास्थ्य, रोजगारी तथा पर्यटन क्षेत्रमा ५ वर्षे नीति निर्माण गरेर सो अनुसार कार्यक्रम बनाइ बजेट विनियोजन गर्नुपर्ने उनको भनाई छ ।
‘सरकारले कृषि नीति नै नबनाई कृषिको योजना बनाएको देखिन्छ । नीति तथा कार्यक्रम विपरीत बजेटमा हालेर कुनै उपलब्धि हुँदैन । पाँच वर्षका लागि ठोस नीति निर्माण गरी सरकारले लगानी गर्न सके मात्र उपलब्धि हासिल हुनसक्छ ।’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण