प्रभाव पार्न सक्ने खेलाडी : असाद भाला (कप्तान, पपुवा न्यु गिनी)
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो खेल टेस्ट राष्ट्र वेस्ट इन्डिज र पपुवा न्यु गिनी (पीएनजी) बिच खेलिँदै छ । यसपटक पपुवा न्यु गिनी छनोट चरण पार गर्दै टी–२० विश्वकपमा सहभागी भएको हो ।
पपुवा न्यु गिनीको टी–२० विश्वकपमा यो केवल दोस्रो सहभागिता हो । पपुवा न्यु गिनीले यसअघि सन् २०२१ को टी–२० विश्वकपमा सहभागिता जनाएको थियो । त्यतिबेला पपुवा न्यु गिनी पहिलो चरणबाटै बाहिरिएको थियो ।
टी–२० विश्वकपको दोस्रो सहभागितामा पपुवा न्यु गिनीको कप्तानी असाद भालाले गर्दैछन् । ३६ वर्षीय असाद भाला पपुवा न्यु गिनीका सबैभन्दा अनुभवी खेलाडी हुन् । उनी टोलीका प्रभावशाली अलराउन्डर पनि हुन् ।
असाद भालाको ब्याटिङ जति आक्रामक छ, बलिङ पनि उत्तिकै धारिलो देखिन्छ । उनको फिल्डिङ पनि कमालको छ । उनले क्यारेबियन टोलीका लागि एकदिवसीय र टी–२० गरी दुवै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको ६६ खेलमा उनले ३०.८१ को औसतले कुल दुई हजार तीन रन बनाएका छन् । एकदिवसीय क्रिकेटमा उनको स्ट्राइक रेट ६९.२६ हो । उनको उच्च स्कोर भने एक सय चार रन हो ।
असाद भालाले एकदिवसीय क्रिकेटमा एक शतक र १२ वटा अर्धशतक प्रहार गरिसकेका छन् । उनले ३४ वटा क्याच पनि लिएका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले ५५ वटा विकेट पनि लिएका छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन १७ रन खर्चिएर तीन विकेट हो ।
यसैगरी उनले ५९ वटा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको ५६ पालीमा २६.४६ को औसतले कुल एक हजार दुई सय ४४ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको स्ट्राइक रेट भने ११८.३६ रहेको छ ।
असाद भालाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आठवटा अर्धशतक पनि प्रहार गरिसकेका छन् । यो ढाँचाको क्रिकेटमा उनको उच्च स्कोर भने अविजित ९३ रन हो । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले २८ वटा क्याच पनि लिएका छन् ।
यसका अतिरिक्त असाद भालाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३४ विकेट पनि लिइसकेका छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन भने केवल सात रन खर्चिएर तीन विकेट हो । उनले सातवटा प्रथम श्रेणीको क्रिकेट र एक सय एकवटा लिस्ट ‘ए’ क्रिकेट पनि खेलिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण