बाल कुपोषण र भोकमरी उन्मूलन गर्न इनफ अभियान
काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले बालबालिकालाई कुपोषित हुनबाट जोगाउनका लागि गर्भावस्थादेखि नै विशेष ख्याल गर्नुपर्नेमा जोड दिएकी छिन् ।
बालबालिकाको क्षेत्रमा कार्यरत वर्ल्ड भिजन इन्टरनेश्नल नेपाल र सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को सहकार्यमा बिहीबारबाट सुरु भएको बाल कुपोषण र भोकमरीविरुद्धको इनफ घोषणा कार्यक्रममा उनले तीनै तहका सरकार र सरोकारवाला निकाय कुपोषण अन्त्यका लागि एक जुट हुने हो भने अझ धेरै राम्रो नतिजा निकाल्न सकिने बताइन् ।
मन्त्री चौधरीलाई बालबालिकाहरूले कुपोषण अन्त्यका लागि सरकारले चाल्नुपर्ने कदमका बारेमा ७ बुँदे अपिल बुझाएका थिए । ध्यानाकर्षण पत्र कार्यान्वयनका लागि मन्त्रालयगत रूपमा छलफल र समन्वय गर्ने वचन उनले दिइन् ।
बाल कुपोषण र भोकमरी उन्मूलन गर्ने उद्देश्यले इनफ अभियान सुरु भएको हो । वर्ल्ड भिजन इन्टरनेश्नल नेपालका राष्ट्रिय निर्देशक रोज्लिन गाब्रियलले नेपालमा सन् २००१ देखि वर्ल्ड भिजनले बालबालिकाको अधिकारको रक्षाका साथै पोषण र स्वास्थ्यमा विशेष ध्यान दिएर बालबालिकाको कल्याणका लागि काम गरिरहेको बताइन् ।
उक्त संस्थाले नेपालमा बाल भोकमरी र कुपोषणको क्षेत्रमा नेपाल सरकारलाई सहयोग गर्न १.७ मिलियन अमेरिकी डलर सहयोग दिने प्रतिबद्धता जनाएको छ । अभियानले विद्यालय र समुदायका बालबालिकाका लागि पोषणयुक्त खाना र पूरक आहारमा पहुँचसहित केही प्रमुख क्षेत्रहरूलाई प्राथमिकता दिनेछ ।
पर्याप्त तथा विशेष स्तनपानमा वृद्धि, बाल वृद्धि अनुगमन र पोषणमैत्री स्थानीय शासन अभिवृद्धि गर्न सरकारसँगको सहकार्य: बालबालिकाको भोकमरी र कुपोषणलाई सम्बोधन गर्न बजेट बढाउन वकालत गर्ने विषयमा अभियान केन्द्रित हुनेछ ।
वर्ल्ड भिजन इन्टरनेशनल नेपालले सन् २०२५ सम्म विशेष गरी सबैभन्दा जोखिममा परेका १०.७ मिलियन बालबालिकाको स्वास्थ्य सुधार गर्न कार्यक्रम केन्द्रित गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण