६० किलो सुन तस्करीमा संलग्न आरोपमा १ जना पक्राउ
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ६० किलो सुन तस्करीबारे दोस्रो चरणको अनुसन्धान गरिरहेको छ । जसअनुसार ब्युरोले ६० किलो सुन तस्करीमा संलग्न आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका घर भएका ४५ वर्षीय कान्छामान लामा ‘थर्कमान’ छन् ।
तेमाल गाउँपालिका वडा नम्बर–४ घर भएका कान्छामान लाजिम्पाटबाट पक्राउ परेका हुन् । उनी सामाखुसीमा बस्दै आएका थिए । ६० किलो सुनमा कान्छामानको संलग्नताबारे अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
भेप प्रकरणमा पूर्व सभामुख कृष्ण बहादुर महरासँग बयान लिएर ब्युरोले उनलाई हाजिर जमानीमा छाडेको थियो ।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको सिफारिस अनुसार पूर्व सभामुख कृष्ण बहादुर महरा सहित ७ जनामाथि अनुसन्धान भइरहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
तस्करीमा संलग्न मध्येका जीवन कुमार गुरुङ फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण