प्रचण्डको ब्रिफिङ : माधव नेपाल मेरै सल्लाहमा देउवाकहाँ जानुभएको हो, सरकार तलमाथि हुँदैन
काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू नेतृत्वको सरकार तलमाथि नहुने बताएका छन् । पार्टी संसदीय दलको बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले एकीकृत समाजवादी पार्टी दायाँबायाँ लाग्ने हो कि भन्नेमा कुनै द्विविधा नपाल्न सांसदहरुलाई आग्रह गरे ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल आफ्नै सल्लाहमा कांग्रेस सभापति शेरबहादुर देउवासहितका विपक्षी दलको बैठकमा सहभागी भएको समेत ब्रिफिङ गरेका छन् ।
‘सरकार दायाँबायाँ हुन्छ कि भन्ने कुनै आशंका गर्नु पर्दैन । माधवजी उता (विपक्षी गठबन्धन) मा गएको भन्ने कुरा केही होइन । उहाँ मेरै सल्लाहमा जानु भएको हो’, प्रचण्डको भनाइ उदृत गर्दै एक सांसदले भने, ‘उहाँले जानुअघि मसँग सल्लाह गर्नुभएको थियो । विपक्षी अलाइन्स बनाउन जानु भएको होइन ।’
प्रचण्डले आफू पनि केही दिनअघि देउवालाई भेट्न बूढानीलकण्ठ गएको स्मरण गर्दै भेटघाट गर्दैमा राजनीतिमा केही परक नपार्ने बताए । ‘सरकार केही हुनेछैन । तपाईंहरु ढुक्क हुनुस् । पाँचै वर्ष सरकार जान्छ’, प्रचण्डको भनाइ थियो ।
प्रचण्डले बिहीबार विराटनगरमा सञ्चारकर्मीसँगको कुराकानीमा पनि गठबन्धन तलमाथि नहुने बताएका थिए । उनले आफू माधव नेपालसँग संवादमै रहेकाले उनी समीकरणबाट दायाँबायाँ नहुने स्पष्ट पारेका थिए ।
संसदीय दलको बैठकमा प्रचण्डले बजेटको विषयमा एकमत भएर समर्थन गर्न सांसदहरुलाई निर्देशन समेत दिएको पार्टीका सचिव समेत रहेका सांसद देवेन्द्र पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण