बजेटको ‘डिफेन्स’ गर्न सांसदहरूलाई प्रचण्डको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सांसदहरूलाई एक ढिक्का भएर बजेटको ‘डिफेन्स’ गर्न निर्देशन दिएका छन् । शुक्रवार सिंहदरबारस्थित सो पार्टीको संसदीय दलको कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक अवस्था र संसद्मा पेश भएको बजेटबारे ब्रिफिङ गर्दै यस्तो निर्देशन दिएका हुन् ।
‘अहिले आएको बजेट जनमुखी छ । आशामुखी छ अब यसको कार्यान्वयनमा हामी सबैले जोड दिनुपर्छ । तपाईंहरुले पनि आआफ्नो स्थानबाट प्रभावकारी भूमिका निर्वाह गर्नुस्’, प्रधानमन्त्री प्रचण्डको भनाई उद्धृत गर्दै प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
त्यसक्रममा प्रधानमन्त्रीले समाजवादको आधार तयार पार्न उत्पादन वृद्धि र उत्पादकत्व वृद्धितर्फ बजेट ढल्किनु सकारात्मक भएको बताएका थिए । बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेटबारे ओरेन्टेशन दिदै कार्यान्वयनका लएका थिए । बजेटमाथि जेठ २० गतेबाट छलफल हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण