बजेटको ‘डिफेन्स’ गर्न सांसदहरूलाई प्रचण्डको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सांसदहरूलाई एक ढिक्का भएर बजेटको ‘डिफेन्स’ गर्न निर्देशन दिएका छन् । शुक्रवार सिंहदरबारस्थित सो पार्टीको संसदीय दलको कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक अवस्था र संसद्मा पेश भएको बजेटबारे ब्रिफिङ गर्दै यस्तो निर्देशन दिएका हुन् ।
‘अहिले आएको बजेट जनमुखी छ । आशामुखी छ अब यसको कार्यान्वयनमा हामी सबैले जोड दिनुपर्छ । तपाईंहरुले पनि आआफ्नो स्थानबाट प्रभावकारी भूमिका निर्वाह गर्नुस्’, प्रधानमन्त्री प्रचण्डको भनाई उद्धृत गर्दै प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
त्यसक्रममा प्रधानमन्त्रीले समाजवादको आधार तयार पार्न उत्पादन वृद्धि र उत्पादकत्व वृद्धितर्फ बजेट ढल्किनु सकारात्मक भएको बताएका थिए । बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेटबारे ओरेन्टेशन दिदै कार्यान्वयनका लएका थिए । बजेटमाथि जेठ २० गतेबाट छलफल हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भजहर कप फुटबलको उपाधि गौरीगंगाको पोल्टामा
-
तीन वटै तहको सरकारबिच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक : मुख्यमन्त्री शाह
-
बीवाईडी एक्सचेन्ज क्याम्पेन घोषणा
-
नीति तथा कार्यक्रम दस्तावेजमात्र होइन, राष्ट्रको भावी यात्राको नक्शा पनि हो : सांसद कार्की
-
राजसंस्था लोकतन्त्रको विरोधी होइन : राजेन्द्र लिङ्देन
-
मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार बन्दै तरबुजाखेती