५ जना मृतावस्थामा फेला
काठमाडौं । देशका विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार दाङको घोराही उपमहानगरपालिका-८ बेलुवा बस्ने ५० वर्षीया प्यारी चौधरी आफ्नै घरभित्र मृतावस्थामा फेला परेकी छिन् ।
बाँकेको नेपालगंज उपमहानगरपालिका-४ स्थित पञ्चकन्या होटलमा पनि कैलालीको टिकापुर नगरपालिका-१ का ५७ वर्षीय मिनराज गिरी मृतावस्थामा फेला परेका छन् ।
यसैगरी सिरहाको लहान नगरपालिका-३ कटहा मुसहरीस्थित आँपको बगैंचामा भगवानपुर गाउँपालिका-३ ईनर्वा बस्ने २६ वर्षीय जितेन्द्र खत्वे मण्डल पनि मृतावस्थामा फेला परेका छन् ।
यसैगरी कपिलवस्तुको यशोधरा गाउँपालिका-७ मर्यादपुरस्थित नेपाल भारत सिमाना नजिकै छाप्रोमा अन्दाजी ५५ वर्षीय पुरूष र बुद्धभूमी नगरपालिका-१ कपासे कडेलटोलस्थित बाटोमा अन्दाजी ५० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् भने
रूपन्देहीको तिलोत्तमा नगरपालिका-१ शिव चोकस्थित प्रतिक्षालयमा अन्दाजी ६५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शरणार्थी प्रकरणः प्राविधिक सई लक्ष्मी महर्जनलाई सफाइ
-
नक्कली भुटानी शरणार्थी प्रकरण : टेकनाथ रिजालसहित ५ जना सङ्गठित ठगीको मतियार ठहर
-
एमआरआई गर्न त्रिवि शिक्षण अस्पताल पुगे प्रधानमन्त्री बालेन
-
भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझी मुख्य योजनाकार, बालकृष्ण खाण मतियार
-
टोपबहादुरसहित ९ जनाले राज्यविरुद्धको कसुर गरेको ठहर
-
नक्कली भुटानी शरणार्थी प्रकरणः खाँणले पाएनन् सफाइ, संगठित अपराधको मतियार ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण